
१३ जेठ काठमाडौं, काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । २ बजेर ४ मिनेटमा विमान दुर्घटनामा परेको थियो ।विमानका चालक पारस राई र सहचालक सृजन मानन्धर थिए भने विमान परिचारिका प्रज्ञा महर्जन थिइन् ।
तीनै जनाको उद्दार पछि चालक पारस राईको लुक्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र अन्य दुई सदस्य पनि घाइते भएका छन् विमानको अघिल्लो भागमा क्षति भएकाले चालक दलका सदस्यहरूको उद्दार निकै कठिन भएको थियो ।
घाइते सहचालक सृजन मानन्धर परिचारिका प्रज्ञा महर्जन लाई थप उपचारका लागि काठमाडौं ल्याउन प्रयास भईरहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अधिकारीहरुले बताएका छन् ।
Leave a Reply