सत्य समाचार, निष्पक्ष विचारको नारा बोकी पोखरा पर्यटन समाचार [ Pokharatourismnews.com ] को सञ्चालक सुपा देउराली मिडिया प्रा. लि. कानुन बमोजिम नेपाल सरकार (सूचना विभाग) बाट स्वीकृति लिएर सञ्चालन गरिएको समाचारमूलक अनलाईन खवर हो ।
नेपाल आफैमा विविध संस्कृति भेषभुषा, जातजाती, रहनसहन आदिले सम्पन्न मुलुक हो ।त्यसमाथि पनि यो ४ नम्वर प्रदेश हिमाल, पहाड, तराईसहितको भौगोलिक विविधताले सम्पन्न एक ठूलो पर्यटकीय सम्भावना वोकेको प्रदेश हो ।
यहाँ रहेका विभिन्न धार्मिक, सांस्कृतिक सम्पदाहरु तालतलैया र खोला नालाहरु, गुफा, छाँगा र छहराहरु तथा अन्य नयाँ पर्यटकीय गन्तव्यहरुलाई विश्व पर्यटन वजारमा परिचित गराउन चलिरहेका पर्यटकीय गन्तव्यहरुको मौलिकपन जिवित राख्न यहाँको पर्यावरण संरक्षण गर्न यहाँ सक्रिय पर्यटन व्यवसायी र पर्यटकहरुका अनुभव विचार र दृष्टिकोणलाई सम्बन्धीत पक्ष सम्म पुर्याउन लेख, अन्तर्वार्ता, फोटो र सुचना मार्फत पर्यटक, पर्यटन व्यवसायी र स्थानीय जनताबीचको सुसम्बन्ध स्थापीत गराई, पर्यटनको संरक्षण र विकासमा टेवा पुर्याउने उद्देश्यले यस पर्यटन अनलाइन खवर स्थापना गरिएको हो ।
अन्त्यमा समाचार र सुचना मात्र हाम्रो लक्ष्य हुने छैन, सुचना प्रविधिलाई आम नागरिकको जीवनशैली बनाउन हामी धेरै प्रयास गर्ने छौं ।
हाम्रो व्यवस्थापन
[ TEAM ]
सञ्चालक/प्रधान—सम्पादक
रोहीत वस्नेत
सल्लाहकारहरु
राष्ट्रिय पर्यटन पत्रकार संघ
राष्ट्रिय अनलाईन पत्रकार संघ