
माघ ४ पोखरा : पोखरा महानगरपालिका वडा नं.-६, बैदाममा रहेको उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं स्थापना दिवसको उपलक्ष्यमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत खुल्ला रत्तदान कार्यक्रम आयोजना गर्न गईरहेको संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले जानकारी दीनु भयो।
विगतका वर्ष जस्तै यस वर्ष पनि यस सहकारी संस्थाले, संस्थाको कार्यालय प्राङ्गणमा २०७८ माघ ७ गते विहान ८ बजे बाट खुल्ला रत्तदान कार्यक्रम गर्ने बताउँदै खुल्ला रक्तदान कार्यक्रममा सस्थाका सम्पूर्ण सदस्य लगायत बैदाम वासीलाई रक्तदान जीवनदान जस्तो पवित्र कार्यमा जोडिएर रक्तदान सफल बनाउन अनुरोध समेत गर्नु भएको छ ।
संस्थाले फेवाताल संरक्षणका लागि स्वच्छ, सफा र सुन्दर राख्न योगदान पु¥याउने २ संस्थालाई समेत आफ्नो स्थापना दिवसको अवसरमा सम्मान गर्ने भएको छ ।
रक्तदानवाट रगत संकलन गरिनुले रगतको अभावमा अकाल मै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने देखिन्छ ।
रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।
तर हाम्रो देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाऔं रक्तदान जीवनदान हो ।
Leave a Reply