
पौष २८ पोखरा : पर्यटनको राजधानी सुन्दर नगरी पोखरा पर्यटनको ठुलो सम्भावना बोकेको क्षेत्र हो । प्राकृतिक, साँस्कृतिक र साहसी गतिविधीको अतुलनीय संगम मानिने यस स्वर्गको टुक्रा जस्तो भूगोल साँच्चै नै अनुपम छ ।
महिलाहरुलाई छाता संस्थाको रुपमा विकास गर्ने लक्ष्य सहित हाललाई गण्डकी प्रदेश पोखराको पर्यटन क्षेत्रमा क्रियासिल महिलाहरुलाई समेटेर २०७४ सालमा स्थापना भएको महिला पर्यटन ब्यबसायी मञ्चको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
लेकसाईडस्थित होटल ल्याण्डमार्कको सभाहलमा गरिएको साधारणसभा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रहेका गण्डकी प्रदेश सभासद राजीव पहारीले पर्यटन क्षेत्रमा महिला लगानीकर्ताको योगदानको उचित कदर हुनुका साथै राज्यले महिला पर्यटन ब्यबसायीहरुलाई सहुलीयत र प्रोत्साहन दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा वडा नं ६ का वडाध्यक्ष जगतबहादुर पहारी, संस्थाका सल्लाहकार नर्मला कंडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी, पर्यटन ब्यबसायी बासुदेव त्रिपाठी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना बर्षा शर्मा लगायत बोलेका थिए ।
संस्थाका अध्यक्ष पार्वता पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव ममता न्यौपानेले गरेकी थिइन ।

कार्यक्रममा विभिन्न प्रतियोगिता बक्तृत्व कला, तिजको गित, गायन नृत्यका बिजेताहरुलाई पुरस्कार तथा सम्मान पत्र बितरण गरिएको थियो।
पर्यटन क्षेत्रमा अरबौंको प्रत्यक्ष लगानी देखिन्छ । तर हालको पर्यटन बजार सुन्यको अवस्थामा छ । पर्यटनका विभिन्न क्षेत्रहरु तनावपूर्ण अवस्थामा छन् । व्यवसायीहरुले बैंकबाट लिएको कर्जाको किस्ता तथा व्याज तिर्न सक्ने अवस्था अझै देखिदैन । सम्पूर्ण श्रमिकहरु विस्तापित भई अझै जागिर नपाएको गुनासो छ । विभिन्न क्षेत्रमा हुने उत्पादन र बजारको सम्बन्ध नै लथालिङ्ग छ । पर्यटन भनेको मानव जातिले एक स्थानबाट अर्को स्थानमा गर्ने आवत जावतबाट उत्पन्न हुने व्यवसाय भएको बुझिन्छ तर फेरी विश्वमा देखिएको कोभिड -१९ को नयाँ प्रजातिको भाईरस ओमिक्रोनले पर्यटन बजार शुन्य हुन्छ कि भन्ने त्रास बढेको यहाँहरुलाइ अवगत नै छ । यस वर्ष पर्यटकको आगमन घटेर बार्षिक जम्मा डेढलाख मात्रै नेपालमा पर्यटन भित्रीएको नेपाल पर्यटनबोर्डको तथ्यांकमा जनाएको छ ।
Leave a Reply