
पौष २१ पोखरा : शिशु बिकास तथा स्याहार केन्द्र बैदामको २५ औ स्थापना दिवस (रजत जयन्ती) हर्ष उल्लासका साथ सम्पन्न भएको छ । २०५२ सालमा स्थापना भएको तत्कालिन पोखरा नगरपालिका द्वारा २० जना शिशुबाट प्रारम्भिक शिक्षा सुरुवात गरेको संस्था शिशु बिकास तथा स्याहार केन्द्र बैदामले हाल आएर ७७७ जना विधार्थीहरुलाई प्रारम्भिक शिक्षा दिलाई सकेको छ ।
स्थापना दिवस (रजत जयन्ती)का प्रमुख अतिथि पोखरा महानगरपालिकाका कार्यवहाक प्रमुख मञ्जु देवि गुरुङ ले बालबालिकाको निम्ति शिशु बिकास तथा स्याहार केन्द्र बैदामले गरेको काम महानगरपालिका कै गौरव रहेको बताउनु भयो । पोखरा महानगरपालिकाले गर्न सक्ने साथ सहयोग आगामी दिनमा पनि निरन्तरता रहने महानगरपालिकाको ढोका यहाँहरुको सेवाका लागी हरपल खुल्ला रहने बताउनु भयो ।
पोखरा महानगरपालिका ले २०० भन्दा बढि स्वयम् सेविका तथा शिक्षिकाहरु महानगरपालिका बाट बिभिन्न स्थानमा खटाईएको छ ।

केन्द्रका अध्यक्ष बिष्णु केसीले पोखरा वडा नं ६ कार्यालय जिर्ण भएको हाल आएर नयाँ वडा कार्यालय बनाउन बजेट समेत विनियोजन भैसकेको छ । शिशु बिकास तथा स्याहार केन्द्र पोखरा महानगरपालिकाको मातहात कै रहेको संस्था हो बालहितका लागी यस संस्थालाई नयाँ वडा कार्यालय बनेपछि पनि वडा मै व्यवस्थीत तरीकाले व्यवस्थापन गर्नु पर्ने पोखरा महानगरपालिका तथा पोखरा वडा नं. ६ लाई अनुरोध गर्दै ध्यानार्कषण गराउनु भयो ।
शिशु बिकास तथा स्याहार केन्द्र नयाँ वडा कार्यालय बनेपछि पनि वडा मै रहने वडा ६ अध्यक्ष जगत पहारी ले बताउनु भयो ।
कार्यक्रममा नागरिक समाज कास्कीका अभियान्ता राम बहादुर पौडेल तथा विभिन्न राजनितिक पाटीका अध्यक्ष तथा प्रतिनिधी बोलेका थिए ।
कार्यक्रममा स्थापना कालमा प्रारम्भिक शिक्षा हासिल गरेर हाल ईन्जिनियर ,नर्स उच्च शिक्षा हासिल गरेका बिधार्थी लाई सम्मान गरेको छ भने समारोहमा लेकसाइड डोजाङका बालबालिका ले आत्मरक्षाको डेमो देखाएका थिए ।

स्याहार केन्द्रको स्थापना काल देखि हाल सम्म निरन्तररुपमा काम गर्नु हुने शिक्षिका पार्वती पौडेल,तारा भण्डारी र सहयोगी ज्योति तामाङ लाई कदर पत्र दिएको छ ।

संस्थाका संस्थापक अध्यक्ष बुद्धी नेपाली तथा निबर्तमान अध्यक्ष युवा समाजसेवी अनिल थापा लाई समेत सम्मान गरिएको छ ।
बिष्णु केसी को अध्यक्षतामा , सचिव रामेश्वर न्यौपाने, कोषाध्यक्ष बिनिता बराल र कार्यक्रम सञ्चालन संगिता बराल ले गर्नु भएको भएको थियो ।

Leave a Reply