May 24, 2022

पोखरा सडक महोत्सवमा दुर्घटनाः पैदलयात्रुको मृत्यु

पौष १७ पोखरा : सडक महोत्सवमा रक्सीले मातेर सवारी साधन ग२च १११८ नम्बरको हाइलक्स चलाउँदा पैदल यात्री स्याङजा फेदीखोलाका ४० वर्षीय सुनिल गुरुङको मृत्यु भएको छ । घटनामा एक स्कुटर चालक गम्भीर घाइते भएका छन् ।

गए राति १: ३६ बजे पोखराको वडा ६ कार्यालय नजिकै बगैंचामार्गमा हाइलक्सको ठक्कर पछी गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि मेट्रो सिटी हस्पिटलमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले बताएको छ ।

कास्की प्रहरीका अनुसार सडक महोत्सवस्थलमा रक्सी सेवन गरी मातेर अन्धाधुन्ध गाडी चलाउने लेखनाथका २९ वर्षीय चालक सुवास बिकले दुर्घटना गराउँदा ६ वटा कार तथा ट्याक्सी र पैदल यात्रीलाई ठक्कर दिएपछि ठुलो दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक पोखरा काहुँखोलाकी सरिना बरालको खुटा भाँचिएको अवस्थामा उपचार भइरहेको र अहिले अवस्था खतरामुक्त रहेको छ । घटनामा संलग्न चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*