May 24, 2022

सडक महोत्सवको तयारी पुरा भोली उद्घाटन

पौष १४ पोखरा : रेष्टुरेष्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गर्ने २३ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा समेत प्रर्दशन गरिने आयोजकले जनाएको छ ।
बाजागाजा सहित महोत्सवको उद्घाटन हुने महोत्सव संयोजक नरेश भट्टराईले जानकारी दिए । ३ दिन सम्म चल्ने महोत्सव कोमागाने पार्कभित्र हुने कार्यक्रमका लागि भने टिकट शुल्क लाग्ने उनले बताए । दिउसोको लागि ५० रुपैया र बेलुका कन्सर्टको लागि १ सय रुपैयाँ प्रवेश शुल्क लाग्नेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकि प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगितात्मक हुनेछन् । महोत्सव अवलोकनमा आउनेहरुको सहजताका लागि रात्रिकालिन बस सेवाको पनि व्यवस्था गरिने छ । महोत्सवमा हेल्थ प्रोटोकललाई विशेष ध्यानमा राखिने विभिन्न स्थानमा हेल्थ डेष्क, मास्क तथा स्यानिटाइजर जस्ता सुरक्षाका उपायहरु अपनाइने छ ।

पोखरा सुरक्षित रहेको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गर्न लागिएको महोत्सवमा विगतका बर्षहरुमा जस्तै यसपटक पनि विभिन्न जनसमदुाय, पर्यटन व्यवसायी, सरोकारवालाहरुको निरन्तर सहयोग रहने अपेक्षा गरिएको अध्यक्ष लक्ष्मण बरालले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले भोलि दिउँसो १ बजे कोमागाने पार्कमा भव्य समारोहविच महोत्सवको उद्घाटन गरिने बताउनुभयो । त्यसअघि हल्लनेचोकबाट १२ बजे २५ वटा साँस्कृतीक समुहको झाँकि सहितको र्याली तीन किलोमिटर पैदल हिंडदै महोत्सवस्थल कोमागाने पार्क सम्म आउने बरालले जनाउनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*