
पौष १० चितवन : ट्रेकिङ्ग इक्युपमेण्ट सप एसोसियसन (टेसा) पोखराले चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ११को पहाडी गाउँ सिद्धिको सैपाममा न्यानो कपडा वितरण गरेको छ । सैपामको आधारभुत प्रा.वि.मा अध्ययायनरत १२० जना चेपाङ्ग विधार्थीहरु एवं रत्ननगर नगरपालिकाको मंगलपुरमा केपी किरण शर्माले संचालन गरेको गामवेशीको चेपाङ्ग संरक्षण केन्द्रमा वस्ने १७५ जना बालवालिकाहरुलाई समेत न्यानो कपडा (ज्याकेट) वितरण गरीएको टेशा पोखराका अध्यक्ष नारायण सापकोटाले जानकारी दिए ।

उक्त आश्रम संचालनको लागी आर्थिक सहयोग समेत केपी किरण शर्मालाई हस्तान्तरण गर्दै टेशा पोखराले यस्ता अभियानहरुलाई निरन्तर दिने बताए ।
जुन सरकार आए पनि कानै चिरेको २०३२ साल देखि चितवनको सैपाममा चेपाङ्गहरु बस्दै आएका छन् उक्त बस्तीमा नत बत्ती छ, नत खानेपानी उनीहरुले यति लामो समय सम्म बसेको लालपुर्जा समेत पाउन सकेका छैनन् ।
Leave a Reply