May 24, 2022

नेपाल रेडक्रस सोसाईटी उपशाखा बैदाममा सुर्यनाथ पहारी

पौष ०९ पोखरा : नेपाल रेडक्रस सोसाईटी उपशाखा बैदामले नयाँ नेतृत्व चयन गरेको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा बैदामको १५औं साधारण सभा तथा छैठौं अधिबेशन बाट सुर्यनाथ पहारीको सभापत्तित्वमा ११ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो ।

जसमा महिला उप-सभापति ललीता ढुङ्गाना, सचिव भेषराज अधिकारी, कोषाध्यक्ष विष्णु के.सी, उप-सचिव तुलसी दाहाल, उप-कोषाध्यक्ष मिना ढकाल, सदस्यहरुमा ज्ञान वहादुर कार्की , महेश्वर अधिकारी, नारायण प्रसाद पौडेल, दिनदयाल पाण्डे चयन भएका छन् ।

नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका उप-मन्त्री उर्मिला खड्काको नेतृत्वमा आएको टोलीले निर्वाचन सम्पन्न गरेको थियो । उप-मन्त्री उर्मिला खड्काले कार्यक्रममा वोल्दै नेपाल रेडक्रस सोसाईटी एउटा विरुद्ध समाजिक संस्था हो बाटोमा माग्ने बाटैमा सहयोग गर्ने संस्था भएको हुँदा यसमा लोभलालच नगरी संथामा लाग्नु पर्ने धारण व्यक्त गरीन ।

कार्यक्रममा पोखरा महानगरपालिका वडान नं ६ का अध्यक्ष जगत वहादुर पहारी, रेडक्रस कास्की शाखाका उप-सभापती डण्डराज शर्मा ले शुभकामना दिएका थिए । नेपाल रेडक्रस सोसाईटीका जिल्ला सदस्य मंगल वहादुर नेपालीले हुनेखानेहरु सँग मागेर हुँदा खानेलाई सहयोग गर्ने संस्था भएको बताए ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा बैदामका सभापति गिरिराज अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने सचिव सुर्यनाथ पहारीले कार्यक्रम संचालन गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*