
मंसिर २३ पोखरा :
नेपाल पर्यटक यातायात ब्यबसायी संघ, गण्डकी प्रदेशको अध्यक्षमा बाबुराम पाण्डे चयन भएका छन् ।
तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भेलाले पाण्डेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको निवर्तमान अध्यक्ष, बोवरजङ्ग गुरुङ ,प्रथम उपाध्यक्ष दुर्गादत्त दाहाल, द्वितिय उपाध्यक्ष दिपेन्द्र ढकाल, महा-सचिव सुरेश दाहाल,सचिव प्रकाश कुमार श्रेष्ठ,कोषाध्यक्ष रवि प्रसाद आचार्य चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरू भुवानी अधिकारी, शोभाकर तिवारी, श्याम लामिछाने, विजय पौडेल,विकास कँडेल,भिम खड्का चयन भएका छन् ।
Leave a Reply