January 29, 2022

पोखरा सिटि टुर गाइडको अध्यक्षमा दिनेश गौतम

मंसिर १७ पोखरा : पोखरा सिटि टुर गाइड एसोसिएसनको अध्यक्षमा दिनेश गौतम चयन भएका छन् । शनिवार सम्पन्न भेलाले गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्ष निर्मला सुवेदी, द्वितीय उपाध्यक्ष आनन्द गुरुङ , सचिव सरस्वती थापा ” सासा”, कोषाध्यक्ष बुद्धिसागर देवकोटा ” रमित” , सहसचिव खमान सिंह गुरुङ ” रेशम ” सदस्यहरु झपेन्द्र बहादुर भुजेल, तुलसी अधिकारी, पुष्पराज पौडेल र प्रेम प्रसाद सुवेदी रहेका छन् ।

समितिको निर्वतमान अध्यक्षमा भने कृष्ण भारती रहेका छन संस्थाको नाम ” गाइड एसोसिएसन अफ पोखरा ” हुनेगरि नाम परिवर्तन हुने कुरा बुझिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*