January 29, 2022

पर्यटन व्यवसायी संगठन नेपाल गण्डकी प्रदेशको अध्यक्षमा : गणेशराज पहारी

रोहीत वस्नेत

मंसिर १६ पोखरा : समाजवादी पर्यटन व्यवसायी संगठन नेपाल गण्डकी प्रदेशको अध्यक्षमा गणेशराज पहारी चयन भएका छन् ।
बिहीबार सम्पन्न भेलाले पहारीको अध्यक्षतामा ४५ सदस्यीय जम्बो समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा क्रमस राजेन्द्र ढकाल, राधेश्याम श्रेष्ठ (लमजुङ्ग) शेषकान्त शर्मा (पर्वत) श्रेत्र वहादुर गुरुङ्ग, अनिल के.सी. , महासचिवमा रविन्द्रराज पौडेल, उप-महासचिवमा ई. हरि वहादुर पहारी, उदय सुवेदी, सचिवमा असीम गुरुङ्ग, मोहन भण्डारी, दिपक पौडेल, तेस्तै कोषाध्यक्षमा नवराज अधिकारी तथा सहकोषाध्यक्षमा ममता न्यौपाने चयन भएका छन् ।

सदस्यहरुमा नुना गुरुङ्ग, हारु सुवेदी, मनोज भट्ट, लक्ष्मण गुरुङ्ग, सुरेश वराइली, झविलाल अधिकारी, उदय सुवेदी, मनशान्त घिमिरे, अशोक पराजुली, हरि गुरुङ्ग, संगिता आचार्य, रिता अर्याल,कृष्ण के।सी।,रामचन्द्र खड्का,दिनेश गुरुङ्ग, सञ्जीव क्षेत्री, कल्पना आचार्य, कमल गिरी, हरि पौडेल, ढकनाथ काफ्ले, खिम ढकाल, दिलीप गुरुङ्ग, कृष्ण गुरुङ्ग, विनय गुरुङ्ग, राज गुरुङ्ग, हरि पौडेल, अमृत अधिकारी चयन भएका छन् ।


भेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले गरेका थिए । उद्घाटन पछी पर्यटन व्यवसायीको मुख्य गुनासो क्षेत्रीय अन्तरराष्ट्रिय विमास्थल संचालनपछी विस्थापीत हुन सक्ने साहासीक उडान प्याराग्लाईडिङ्गको विषयमा सम्बोधन गर्दै मन्त्री आलेले ढुक्क भएर व्यवासाय गर्न आग्रह गर्दै विमानस्थल शुरु भए पछी (अफआवर) समय करीव दिउँसो १ बजेवाट ३ बजेसम्मको समयमा सराङ्गकोट बाटै प्रयोग गर्न सकिने त्यसकोलाइ आफु सकारात्मक भएको समेत प्रतिबद्धता व्यक्त गर्दै नव निर्वाचीत पदाधिकारीहरुलाई बधाइ तथा शुभकामना दिदै राजनीतिक विकृति, भ्रष्टाचार र कुशासनको विरुद्ध आफु सधै खबरदारी तरीकाले अगाडी बढीरहेको समेत बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्य, पर्यटन व्यवसायी संगठन नेपालका केन्द्रिय अध्यक्ष कुमार थापा, तथा पर्यटन व्यवसायीहरु बोलेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेबाट भोली (शुक्रबार) बिहान ८ बजे निर्माणाधिन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण तथा विमानस्थलको बारेमा पत्रकार सँग अन्तरक्रिया कार्यक्रम समेत रहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*