January 29, 2022

२ लाख डलरसहित पक्राउ

मंसिर ११ पोखरा : स्रोत नखुलेको १ लाख ९४ हजार डलरसहित एकजना नेपाली नागरिकलाई कास्की प्रहरीले पक्राउ गरेको छ। काठमाडौंबाट पोखरा आइरहेका ती व्यक्तिलाई पृथ्वी राजमार्गको लेखनाथ मजुवाबाट प्रहरीले पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका व्यक्तिमाथि आवश्यक सोधपुछ गरिरहेको छ।

ती व्यक्तिलाई विशेष सूचनाका आधारमा तनहुँ र कास्कीको सीमाना मजुवाबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘ती व्यक्तिले अवैध रुपमा अमेरिकी डलर बोकेर हिँडेको भन्ने विशेष सूचनाका आधारमा हामीले पक्राउ गरेका छौँ’, डीएसपी महेन्द्र मर्सानीले भने, ‘दुई लाख अमेरिकी डलर बरामद गरिएको छ, बाँकी अनुसन्धानपछि थाहा होला।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*