May 24, 2022

नेकपा एमाले महाधिबेशनमा तरङ्ग

लोकप्रिय युवा नेताहरु सर्वसम्मतको पक्षमा


कार्तिक २६ पोखरा : नेकपा एमाले दशौं महाधिवेशनको लागी प्रतिनिधि चयन अन्र्तगत कास्की जिल्ला पार्टी कार्यालयमा प्रतिनिधि छनोटको लागी मनोनयन दर्ता गरीएको छ । तर उमेदवार मनोनयनमा भने अनौठो देखिएको छ ।

तिन दिन अगाडी मात्रै नेतृत्वले महानगर र जिल्ला कमिटिमा सिफारीस गरेका सदस्यहरुले पनि मनोनयन दर्ता गरेका छन् जसले सिफारीस गरेको छ उही नेताको प्रतिदव्द्धीको रुपमा उभिनु सिफारीस गर्ने नेता र स्वय कार्यक्रर्ताको अपरिपक्काता देखिएको छ । नेकपा एमालेको विधानमा संगठीत कार्यकर्ता जो सुकै पनि उमेदवार वन्न व्यवस्था भए पनि कार्यकर्ताले आफ्नो हैसियत नदेख्दा कास्कीमा यस्तो परिणाम देखिएको छ ।

कास्की निर्वाचित क्षेत्र ३ का चारै जना प्रमुखहरुको भने उमेदवार परेको छैन । नेकपा एमाले पोखरा महानगरपालिका कमिटिका उपसचिव एवं क्षेत्र नं. ३ का ईन्चार्ज रामचन्द्र थापा, अन्नपूर्ण गापाका अध्यक्ष विबेक देवकोटा, माछापुच्छ्रे गापका अध्यक्ष विक्रम गुरुङ्गले माहाधिवेशनको लागी भने उमेदवारी दर्ता नगरीएको जानकारी प्राप्त गरीएको छ । यसै गरी युवासंघको केन्द्रिय लोकप्रिय नेता माधव वास्तोलाले पनि उमेदवार दर्ता गरेनन भन्ने बुझियो उनीहरुले सर्वसम्मत पक्षमा रहेको बुझीएको छ भने केन्द्रिय कमिटिमा उमेदवारको चाहना राख्ने अग्रज नेताहरुलाई आफ्नो भूगोलबाट सर्वसम्मत एवं सम्मानजनक प्रतिनिधी पठाउने निणर्य गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*