January 29, 2022

गणेश बरालको संयोजकत्वमा ११ सदस्यीय समाजवादी प्रेस संगठन कास्की गठन

पोखरा ।
समाजवादी प्रेस संगठन कास्कीको संयोजकमा गणेश बराल चयन भएका छन् । बिहीबार सम्पन्न भेलाले बरालको संयोजकत्वमा ११ सदस्यीय समाजवादी प्रेस संगठन कास्की समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको सहसंयोजकमा वीरेन्द्र सापकोटा र जैनव खातुन चयन भएका छन् । सचिवमा भीमबहादुर थापा, सहसचिवमा बालकुमारी पौडेल (तारा) र कोषाध्यक्षमा रोहित बस्नेत चयन भएका छन् । समितिको सदस्यहरुमा क्रमस उमा विक, रोशन अधिकारी, कपिल पौडेल समिक्षा केसी र खालिदा बेगम चयन भएका छन् ।

यस अघि भेलाको उद्घाटन नेकपा (एकीकृत समाजवादी) कास्कीका अध्यक्ष धनराज आचार्यले गरेका थिए । उद्घाटनका क्रममा बोल्दै उनले समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकारले जहिलेपनि सत्यको पक्षमा कलम चलाउनुपर्ने बताए । राजनीतिक विकृति, भ्रष्टाचार र कुशासनको विरुद्ध निस्पक्ष भएर कलम चालाउन उनले समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकारलाई आग्रह गरे ।

उनले नेकपा (एकीकृत समाजवादी) पार्टी र यसका नेताहरुले गलतबाटो अंगालेमा यस विरुद्ध सबैभन्दा पहिला समाजवादी प्रेस संगठनमा आवद्ध पत्रकारले नै कलम चलाउनुपर्ने उल्लेख गरे । ‘तपाईहरु राजनीतिक विकृति, भ्रष्टाचार र कुशासनको विरुद्ध कलम चलाउनुहोस्,’ उनले भने, ‘यदि हाम्रो पार्टी र नेताहरु पनि गलत बाटो तर्फ गयौं भने, गलत काम ग¥यौं भने खबरदारी गर्नुहोस् । नराम्रो काम गरे तपाईहरुले नै पहिला हामी विरुद्ध लेख्न सुरु गर्नुहोस् । राम्रा कुराको उजागर गर्नुस्’ उनले भने ।

कार्यक्रममा नेकपा (एकीकृति समाजवादी) कास्कीका उपसचिव एवं प्रचार प्रमुख पूर्ण लामा, समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय सदस्य नवराज सुवेदी र गण्डकी प्रदेश समितिका इन्चार्ज श्रीराम सिग्देलले संगठन निर्माण र यसका उद्देश्यका बारेमा जानकारी दिएका थिए ।

नवनिर्वाचित संयोजक गणेश बरालले समाजवादी प्रेस संगठनमा क्रियासिल पत्रकारको आकर्षण रहेको भन्दै पत्रकारको क्षेमता विस्तार गर्ने र पहिलो संगठनको रुपमा कास्कीमा संगठनलाई स्थापित गर्ने अठोट व्यक्त गरे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*