October 25, 2021

पोखरा सुरक्षित भन्दै ११ देशका राजदूत पोखरामा

असोज १० पोखरा :

गण्डकी प्रदेश सरकारले परराष्ट्रय मन्त्रालयहुँदै काठमाडौंमा रहेका सबैजसो देशका राजदूतलाई परिवारसहित घुम्न निम्तो पठाएअनुसार । कोरोना माहामारीपछि सहज हुँदै गएको परिस्थिति र ४१ औं विश्व पर्यटन दिवसको अवसरमा यतिबेला एक दर्जन देशका राजदूतसहितको २५ जनाको टोली पोखरा आइपुगेको छ । आइतबार दिउँसो पोखरा आएका उनीहरुले दुईदिनसम्म पोखरामा बिताउनेछन् । पोखरा बसाईको क्रममा विभिन्न पर्यटकीय गतिविधिमा रमाउनेछन् । पोखरा आसपासका क्षेत्रको छोटो दूरीको पदयात्रा समेत गर्नेछन् ।

पर्यटकीय सहर पोखरामा विभिन्न देशका राजदूत र विदेशी निकायका प्रमुखलाई घुमाउँदा देशमा मात्र होइन, विदेशमा पनि नेपाल सुरक्षित भएको सन्देश जाने व्यवसायीको विश्वास छ । राजदूत, उनका परिवार र विदेशी निकायका प्रमुखलाई पोखरा र आसपासका पदमार्ग घुमाउँदा पर्यटन क्षेत्रलाई चलायमान बनाउन सघाउ पुग्ने विश्वास छ ।

पोखरा आएका राजदूतमा युरोपियन युनियन, युनाइटेड अरब इमिरेट्स, कतार, जर्मनी, थाइल्याण्ड, फिनल्याण्ड, श्रीलंका, साउदी अरब, कोरिया, इजिप्टलगायत छन्। यस्तै, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव, संयुक्त राष्ट्र संघका आवासीय प्रमुख, इसिमोडका महानिर्देशक, युएन एडका नेपाल निर्देशक, युएनडिपी, युनेस्को, विश्व खाद्य कार्यक्रम लगायतका नियोगका प्रमुखहरु पदयात्रा जान पोखरा आएका छन् ।

पोखरा विमानस्थलमा उनीहरुलाई गण्डकी सरकारका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारी र पोखराका पर्यटन व्यवसायीले स्वागत गरेका थिए।

पदयात्रामा जान आएका राजदूत तथा कुटनीतिज्ञलाई गण्डकी सरकारले बुद्ध एयरको जहाज चार्टर गरेर पोखरा ल्याएको हो। ४२ औं विश्व पर्यटन दिवसको अवसर पारेर उनीहरुलाई कास्कीको नौडाडादेखि पोखरासम्म पदयात्रा गराउने कार्यक्रम रहेको छ । नौडाडामा स्थानीयको स्वागतसहित चिया खाएर शुरू हुने पदयात्रा कास्कीकोटहुँदै सराङकोट आएर सकिने योजना छ। पोखरामा उनीहरु दुईदिनसम्म लेकसाइडको होटल बाराहीमा बस्नेछन् । होटल बाराहीमा पाहुना बस्नका लागि २४ वटा कोठा समेत बुकिङ गरिएको छ । ४१ जनाका लागि होटल बुकिङ गरिएको श्रोतले बताएको छ ।

मिनि सडक महोत्सब

पर्यटन दिवसकै दिन पोखरामा एक दिने सडक महोत्सव आयोजना गरिएको छ। लेकसाइडको बाराहीचोकदेखि खहरेचोकसम्म सडक महोत्सव आयोजना गरेको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान)ले जनाएको छ। पर्यटकीय गतिविधि बढाएर पर्यटक भित्राउन मिनी सडक महोत्सब आयोजना गरेको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए।

सोमबार साँझ ५ बजेदेखि १० बजेसम्म सडक महोत्सब चल्नेछ। महोत्सब चल्ने स्थानमा सवारी साधन चलाउन बन्द गरिनेछ भने सडकमै विभिन्न परिकार खान पाइने व्यवस्था व्यवसायीले मिलाएका छन्। महोत्सबले पोखराको पर्यटन क्षेत्र बचाउन योगदान दिने व्यवसायीको विश्वास छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*