
असोज ८ पोखरा :
च्याम्बर अफ कमर्श कास्कीका बरिष्ठ उपाध्यक्ष प्रेम भुजेलले चलाएको कार ग २ च ४९१८ राति ११ः४५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट त्रिशूलीमा खसेको लगभग १६ घण्टा बितिसक्दा समेत कोही पनि फेला नपरेको जानकारी प्राप्त भएको छ । कारमा थप ३ जना सवार थिए ।
ती मध्ये अघिल्लो सिटमा बसेका पोखरा १७ का रुद्रलाल सुवेदी कारबाट बाहिर उछिट्टिएका कारण सामान्य घाइते छन् भने पोखरा १७ कै लेखबहादुर भुजेल र इश्वरी भुजेल वेपत्ता छन् ।
दुर्घटना पछी नेपाल प्रहरीका उद्दारकर्मी रातीबाटै उद्दारमा खटिएका थिए । उद्दारमा खटिएका प्रहरीले जानकारी दिएअनुसार घटनास्थलदेखि त्रिशुली नदी किनारसम्म गाडीका टुक्रा फेला परेका तर गाडीको मुख्य बोडी त्रिशुली नदीमा डुबेका बताउका छन।
वर्षायामका कारण नदी बढेकाले पनि खोजी कार्यमा कठिनाई आएको, पानी धमिलो भएकोकारणले गोताखोरलाई पनि खोज्न कठिन भएको समेत सुरक्षाकर्मीले बताएका छन् । बेपत्ता भएका व्यक्तिका आफन्त र साथिभाइहरु समेत त्रिशुली किनारमा खोजीमा जुटेको जानकारी प्राप्त भएको छ ।
Leave a Reply