September 23, 2021

महिला पर्यटन व्यवसायी मञ्चको चौथो बार्षिक उत्सब : आरोग्य आश्रमलाई सहयोग

साउन ३० पोखरा: पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले चौथो बार्षिक उत्सबको अवसरमा पोखरा आरोग्य आश्रमलाई सहयोग गरेको छ । शुक्रबार ओटेफको टोली पोखरा १५ टुटुगां स्थित आश्रममा पुगेर खाद्यान्न सामग्री सहयोग गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि देवकी पहारीले संस्थाले छोटो समयमै ब्यपसायीक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै असल काम गरेकोमा संस्थाको प्रशंसा गर्नुभयो । महिलाहरुले पनि आफुलाई दक्षताका साथ उभ्याउन सक्छन् भन्ने एउटा उदाहरण पनि भएको उहाँको भनाई थियो ।

त्यस्तै संस्थामा सस्थापक अध्यक्ष जमुना पराजुलीले महिला दिदिबहिनीहरुको व्यवसायीक क्षमता अभिवुद्धि, ब्यक्तित्व निर्माण र सामाजिक कार्यमा अग्रसर गराउने उद्देश्यले ४ वर्ष अघि संस्थाको स्थापना गरिएको बताउनुभयो । उहाँले स्थापनाकाल देखि नै सस्थाले सामाजिक सेवामा काम गर्दै आएको जानकारी दिनुभयो ।

आश्रमका कार्यालय प्रमुख टेकमान प्रधानागंले स्थापना दिवसको अवसरमा आश्रमलाई सहयोग गरेकोमा धन्यवाद दिदै सस्थाको प्रशंसा गर्नुभयो । उहाँले आश्रममा ६० वर्षमाथिका १२ जना बृद्धबृद्धा रहेको जानकारी दिनुभयो ।

सस्थाका अध्यक्ष पार्वती पाण्डेले कोरोना महामारीले पर्यटन क्षेत्र संकटमा परेको बताउँनुभयो । संकटको बेलामा पनि आश्रममा आएर आमाबुवाहरुको आशिर्वाद लिएर खुशी साटासाट गरेर दिवस मनाउन पाएको उहाँको भनाई थियो ।

कार्यक्रममा सस्थाका उपाध्यक्ष उमा भण्डारी, कार्यक्रम संयोजक शुशीला भण्डारी लगायतले सस्थाका गतिविधिको बारेमा जानकारी गराएका थिए । सस्थाका सचिव ममता न्यौपानेले संचालन गर्नुभएको उक्त कार्यक्रममा अतिथिहरुलाई मायाँको चिनो वितरण गरिएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*