September 23, 2021

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण अवधि १ वर्ष थप

तस्बिरः जमुनावर्षा शर्मा

साउन २४ पोखरा: अन्तरराष्ट्रिय विमानस्थलको निर्माण अवधि १ वर्ष थप गरिएको छ । विसं २०२१ जुलाई १० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको विमानस्थल कोभिड–१९ को कारण समयमै निर्माण सम्पन्न हुन नसकेपछि समयअवधि एक वर्ष थप गरिएको छ ।
निर्माणको काम ८१ प्रतिशत सकिसकेको छ । कोरोना संक्रमण नभएको भए यसै महिना विमानस्थलको टेष्ट फ्लाइट भएर नियमित उडान सुरु हुने थियो । सन् २०१७ को नोभोम्बर महिना देखि विमानस्थलको निर्माण सुरु भएको थियो । सन् २०२१ को जुलाई १० मा निर्माण सक्नु पर्ने सम्झौता थियो ।

चिनियाँ ठेकेदार कम्पनी सीएएमसीइले तोकिएको समय सिमा भन्दा ६ महिना अघि निर्माण सम्पन गरेर हस्तान्तरण गर्ने बताउँदै आएको थियो । कोरोन संक्रमण भए संगै निर्माण कम्पनीको ६ महिनाअघि सक्ने लक्ष्य मात्र होइन सम्झौता भएको समय सिमामा समेत निर्माणका काम नसकिएपछि अहिले एकवर्ष म्याद थपिएपछि निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २०२२ को जुलाई १० मा तयार हुनेछ । कुनै अवरोध नआएमा अबको एकवर्षभित्रै विमानस्थल संचालनमा आउने विमानस्थल श्रोतले बताएको छ ।

पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा नेपाल हवाई खेलकुद सस्था ९ल्ब्ब्० ले प्याराग्लाइडिङ उडानको अवस्थाबारे चासो देखाएको छ । अध्ययन प्रतिबेदनहरुले विमानस्थल संचालन पश्चात प्याराग्लाइडिङ उडानका लागि सहज नहुने कुरा बताएपछी विकल्पको बारेमा ध्यानाकर्षण गराउदै विकल्पको खोजी समेत गर्न लागीएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*