September 27, 2021

फेवा सिल्टेशन बिबाद अदालतमा खारेजीको माग गर्दे मुद्दा दायर

साउन १८ पोखरा :

पोखरा महानगरपालिका द्धारा २४ बर्षे ठेक्का दिएको फेवाताल संरक्षण बाँधका बारेमा मुद्दा दायर भएको छ । फेवाताल संरक्षणको लागि भन्दै तालको मुहान क्षेत्रमा र्निमाण गरिएको सिल्कटेशन बाँधमा जम्मा भएको ग्राभेल तथा माटो निकाल्ने ठेक्का बिबादमा परेको हो । महानगरले २४ बर्षको लागि ठेक्का दिएपछि कानुन संबत नभएको भन्दै सार्बजनिक रुपमा बिरोध हुदै आएको थियो । उक्त बिबादका बारेमा फेवा बाद प्रभाबित क्षेत्रका मिन बस्नेत र शिव वहादुर अधिकारीले उच्च अदालत पोखरामा ठेक्का खारेजीको माग गर्दे मुद्दा दायर गरेका हुन । अहिले केही सिल्टेशन बाँद बाढीले भत्काएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*