September 26, 2021

मृगौला तथा क्यानसर पिडितलाई बरीष्ठ पर्यटन व्यवसायी भरत पराजुलीको राहत

जेठ २७ पोखरा : पोखरा महानगरपालिका वडा नं.६ मूलथोक बस्ने मुगौला पिडित, क्यानसर पिडित तथा दैनिक ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई बरीष्ठ पर्यटन व्यवसायी तथा पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष भरत पराजुलीले राहत वितरण गर्नु भएको छ ।

राहतस्वरुप करीव एक महिनालाई पुग्ने चामल, दाल, नुन, तेल, साबुन लगायतका सामग्री वितरण गर्नु भएको हो । मृगौला र क्यानसरका विरामी तथा घरभाडामा बसेर ज्याला मजदुरी गर्ने कोरोनाको पहिलो लहरदेखिको लकडाउनदेखि नै बेरोजगार भै बैकल्पिक दैनिक रोजगारी गरिरहेका मजदुरहरु हाल कोरोनाको दोस्रो लहरको बर्तमानको निशेधाज्ञाका कारण घरबाहिर निस्कने अवस्था नभएका र घरमा अन्नको जोहो गर्न नसक्ने असहायहरुलाइ सहयोग गर्न पाउदा आफुलाइ छुट्टै किसिमको आनन्द महसुस हुनका साथै मन खुसी भएको पराजुलीले बताउनु भयो ।

यस्तो माहामारीको वेला एक छाक मिठो नखाएर भए पनि अरुलाइ सहयोग गर्नु मानवीय नाताले ठुलो धर्म भएको बताउँदै मन भएका मनकारीहरुलाई असाहय, पिडि त, विपन्न र मजुदरहरुलाई सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।

उक्त राहत कार्यक्रम हिरु पुनको समन्वयमा वितरण गरीएको थियो भने वडा नं ६का वडा सदस्य हरि पहारीको समेत उपस्थित रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*