May 15, 2021

फेवातालको ५ मिटरमा बनाइएको संरचना भत्काएर एक ट्रक ढुगां जफत

बैशाख १० पोखरा : पोखरा महानगरपालिकाले नागरिक समाजका अगुवासंग मिलेर फेवाताल छेउमा बनाइएको पर्खाल भत्काउने विषयमा स्थानीयवासी तथा नागरिक समाजका अगुवाबीच विवाद उत्पन्न हुँदा हुँदै माहानगरपालिकाको डोजर पुगेको थियो । फेवाकिनारका जग्गा धनी र महानगरका कर्मचारीको केही बेरको धक्का धक्की पछी पर्खाल भत्काउन शुरु गरेपनि पर्खाल भत्काइएन बरु पर्खाल भत्काउन तातेर गएको डोजरले (एक क्वाक) हालेर मात्रै फर्किएको छ । भत्काउन गएको डोजर त्यसै किन फर्कियो ? यो आम जनमानसमा शंकाको विषय बनेको देखिन्छ ।

तर यता पोखरा महानगरपालिकाले भने कुनैपनि हालतमा अवैध संरचना निर्माण गर्न नदिने आज ५ मिटरमा बनाइएको संरचना भत्काइएको र एक ट्रक ढुगां उठाइएको विपद व्यवस्थापन तथा निरीक्षण महाशाखा प्रमुख वरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्माले बताएका छन् ।

पछिल्ला समयमा फेवाताल किनारमा संरचना बनाउने क्रम तिब्र बढेको देखिन्छ फेवाताल मिच्दै संरचना बनाउने होडबाजीमा व्यवसायीहरु ।
तर व्यबसायीको अगाडी प्रशासन कमजोर बन्दै गएको देखिन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*