July 24, 2021

महिला उद्यमी संघ नेपाल कास्कीमा पार्वती पौडेल रेग्मी

रोहीत वस्नेत
चैत्र १६ पोखरा : महिला उद्यमी संघ नेपाल कास्कीको छैटौं साधारण सभा तथा चौथो अधिबेशनले पार्वती पौडेल रेग्मीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

संघको प्रथम उपाध्यक्षमा प्रतिभा गैरे द्धितिय उपाध्यक्षमा सरु बराल महासचिवमा एलिना बराल कोषाध्यक्षमा चन्द्रा शर्मा र सदस्यहरुमा मिना प्रधान तथा वालकुमारी गुरुङ्ग सर्वसम्मत चयन भएका छन् । थप दुई सदस्य पछि मनोनित गरिनेछ ।

कार्यक्रमको प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले कार्यक्रमको उद्घाटन गर्दै महिला उद्धमशिलताको लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोगलाई पहिलो प्राथमिकतामा राखेर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन ।

संघकी अध्यक्ष कासी गुरुङले महिलालाई आय आर्जनमा लाग्न प्रेरित गरी आत्मनिर्भर हुन सहयोग पुग्ने बताउँदै उद्यम, ब्यबसाय गरेर बसेका महिला दिदिबहिनीहरुलाइ संगठित गरि उद्दमशिलताको बिकास र स्वरोजगार वढाउन सहयोग पुगेको वताईन । कार्यक्रममा महासचिव प्रतिभा गैरेले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन । संघकी अध्यक्ष कासी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष पार्वती पौडेल रेग्मीले स्वागत गरेकी थिईन ।

मुलुकभित्र महिला उद्यमशीलता प्रवद्र्धनका लागि व्यवसाय सम्बद्ध नीति, कानुन र नियमनको वातावरण हुनुपर्नेमा दुइमत छैन ।
पछिल्लो समय घरेलु तथा साना उद्योगमा महिलाहरूको उल्लेख्य उपस्थिति बढेको पाईन्छ तर उद्यमी महिलाहरूले सुविधाका लागि भनिएको सहुलियत कर्जा पाउन झन्झट बेहोर्नुपरेको छ ।

सरकारले महिला उद्यमशीलता बढाउन भनेर विभिन्न योजना मार्फत उनीहरूलाई सुविधा दिए पनि तर महिला उद्यमी कति पुगे भन्ने तथ्याङ्क कुनै निकायसँग नभएको पाइन्छ ।

गत बर्ष विना धितो १५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने महिला उद्यमीहरूको सङ्ख्यामा बृद्धि भए पनि तर विना धितो बैंकबाट १५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने सरकारी व्यवस्था झन्झटिलो भएको महिला उद्यमीहरुले गुनासो गर्दै आएका छन् । बैंकमा पेश गर्नुपर्ने कागजातदेखि अन्य प्रक्रियाबारे कतिपय महिला उद्यमीहरूलाई जानकारी नहुँदा सहुलियतपूर्ण कर्जा उनीहरूको सहज पहुँचमा नभएको देखीयो । महिला उद्यमशीलता विषयमा नीतिगत निर्णय गर्ने सवालमा महिला उद्यमीहरूको प्रतिनिधित्व गर्ने व्यक्ति साक्षरता हुनु जरुरी देखिन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*