July 24, 2021

टेसा पोखराको मर्दी हिमाल पदयात्रा

रोहीत वस्नेत

चैत्र १ पोखरा: टेकिङ्ग इक्युपमेन्ट सप एसोसियसन (टेसा) पोखराको आयोजना नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा मर्दी हिमाल पदयात्रा आजदेखि सुरु भएको छ ।

मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मी सहित ३० जनाको जम्बोटोली त्यसतर्फ प्रस्तान गरेको छ उक्त टोलीले आगामी चैत ४ गतेसम्म पदयात्रामा प्रयोग गरिने सामग्रीको प्रयोगात्मक जानकारीसमेत गराउने टेसाका अध्यक्ष नारायण सापकोटाले जानकारी दिए ।

सापकोटाले अगाडी भन्छन् (टेसा) पोखराले पदयात्रामा प्रयोग गरीने सामानहरु प्रयोग गर्ने तरीका तथा यसको चिनारी सर्बसाधारण सम्म पु¥याउने र स्वदेशी उत्पादनको प्रर्बद्धन गर्ने उद्देश्य राखी ग्रामीण पर्यटकीय स्थानहरुमा बार्षिक रुपमा चार दिन तिनरात पदयात्रा गर्ने आफ्नो अवधारण राखे सँगै नेपालको पर्यटनको एउटा आकर्षण मानिएको पदमार्ग विकासका नाममा जथाभावी वनेको सडकले ति पदमार्गको आकर्षण र गुणस्तर घटाइरहेको बेला पदमार्ग मासिएका ठाउँहरुमा बैकल्पिक रुटहरुको खोज तथा अवलोकन गरी पर्यटन प्रबद्धन गर्ने उदेश्य रहेको छ ।

पोखराको लेकसाईडमा पदयात्रा शुभारम्भ कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले पदयात्रीलाइ विदाई गर्दै नेपाल तथा पोखराको पर्यटन क्षेत्र सुरक्षित रहेको आन्तरीक पर्यटक समेत ढुक्क भएर पदयात्रा गर्नुमा कुनै शंका नरहेको जानकारी दिए ।
आन्तरिक पर्यटन पुनरोत्थान समिति पोखराका संयोजक अग्नी कंडेलले यस कार्यक्रमले पदयात्रा पर्यटनको प्रवद्र्धनका साथै पदयात्रा समग्रीको चिनारी सम्बन्धमा महत्वपूर्ण उपलब्धि हासिल हुने धारणा राखे ।

नेपाल पर्यटन बोर्ड पोखराका अधिकृत जयशक्ति सराफ टेसाका अध्यक्ष नारायण सापकोटा, टेसा पोखराका निवर्तमान अध्यक्ष कार्यक्रम संयोजक रामचन्द्र गिरीले पदयात्रा सामग्रीको चिनारी सम्बन्धमा आ-आफ्नो धारण राखेको थिए । कार्यक्रम सचिव टीका बहादुर लम्सालले संचालन गरेका थिए ।

पोखरा नेपालको पर्यटकीय राजधानी र गण्डकी प्रदेश नेपालको पर्यटनको हव भएको कुरा तथ्यहरुले पुस्टि गर्दै आएका छन् । प्रकृतिक,संस्कृति र साहसी गतिविधिको अतुलनिय संगम भेटीने स्वर्गको टुक्रा जस्तो भूगोल साँच्चीनै अनुपम छ । सन् १८९९मा बिदेशी नागरिक इकाई कावागुचीको भ्रमणबाट चर्चामा आउन थालेको पोखरा सन् १९५०को जुन ३ तारिमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको समुहले अन्नपूर्ण प्रथमको सफल आरोहरण गरेबाट सुरु भएको पदयात्राले नेपाललाइ विश्व सामु चिनाउन सफल भएको छ ।

कोरोना संक्रमण सँगै मुलुकको समग्र क्षेत्रमा प्रभाव पारे पनि पर्यटन क्षेत्रलाई धेरै नै असर गरेको पाईन्छ । पर्यटन क्षेत्रले विदेशी पाहुनाको अनुहार देख्न नपाएको त वर्ष दिन भइसकेको छ । एकातिर कोरोना संक्रमणले पर्यटन वर्ष नै रद्ध गर्नुपर्ने अवस्था आयो भने अर्कातिर पर्यटन क्षेत्रको लगानी नै डुब्ने खतरा पनि उत्तिकै छ । कोरोनाले पुर्याएको क्षतिका आधारमा हेर्ने हो भने पर्यटन क्षेत्र अति प्रभावित समूहमा पर्ने कुरामा दुई मत छैन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*