September 23, 2021

प्रधानमन्त्री केपी शर्मा ओलीको पोखरा भ्रमण

फागुन १७ पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन आफूलाई प्रचण्ड– माधव समूहलाई चुनौती दिएका छन् ।

पोखरामा आयोजित नेकपा ओली समूहको कार्यक्रममा प्रचण्ड– माधव समूहले आफूलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको दावी गरिरहेकोतर्फ इंगित गर्दै उनले आफूलाई विधि र पद्धतिबाट हटाउन चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओली अगाडी भन्छन ममाथि शारीरिक हमला हुन सक्छ र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ । तर त्यस्तो हुन नदिइने र पर्याप्त सतर्कता अपनाइने छ ।

प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्नेबित्तिकै सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली पोखरा रंगशाला निरीक्षणमा पुगे । पोखरा रंगशालाको अवस्थाबारे बुझ्ने र निर्माणाधीन योजनाहरु हेर्न रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जवानीमा खेलाडी रहेको सम्झिए ।

जवानीमा सबै युवा एक पटक खेलाडी बन्ने बताउँदै आफूले बास्केटबल खेल्न थालेको तर नसकेपछि छोडिदिएको ओलीले बताए । ‘बास्केटबल खेल्न खोजेको मबाट हुने रहेनछ भनेपछि मैले छोडिदिएँ,’ ओलीले भने, ‘म युवाहरु जवानीमा एक खालको खेलाडी हुन्छन् । कोही टोले खेलाडी, कोही जिल्लाको खेलाडी । म पनि अलिअलि टोले खेलाडी हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*