February 25, 2021

भ्यालेन्टाइन्स डे,को रौनक : ”हाइकिङ”को आनन्द

रोहीत वस्नेत

फागुन ३ पोखरा : फेवाताल पारी डाडाँमा विश्वशान्ति स्तुप यो भन्दा पनि अलि माथी पुम्दीकोटमा विशाल शिवमूर्ति , नाम नै काफी छ पोखराको सौन्दर्य बुझाउनलाई । पुम्दीकोट धार्मिक पर्यटनको नयाँ गन्तव्य पुम्दीकोट विशाल शिवमूर्ति यो ऐतिहासिक महत्वको थलो प्राकृतिक सुन्दरताले पनि उत्तिकै भरिपूर्ण छ ।

कोरोना र लकडाउनको कारण लामो समय घरभित्रै थुनिएका शहरियाहरु खुला हावामा सास फेर्न र मनोरम प्राकृतिक छटाहरुमा रमाउन पुम्दीकोट पुग्ने गर्छन् । अहिले पुम्दीकोट हाइकिङका लागि उपयुक्त गन्तव्य मानिएको छ ।

केही समययता पुम्दीकोटले आगन्तुकलाई मोहनी लगाएको छ । प्राकृतिक सौन्दर्यमा रमाउनेहरु पुम्दीकोट पुग्ने गरेका छन् । त्यसमाथि सडक बिस्तारले पनि यसमा टेवा पुर्याएको छ ।
यो धार्मिक र ऐतिहासिक महत्वको थलो पनि हो ।

प्रणय दिवस : अर्थात् भ्यालेन्टाइन्स डे, विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाउने दिन यता महिला पर्यटन व्यवसायी मञ्चले भने हाइकिङ्ग गरेर मनाउने निर्णय गर्यो । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा मनाउने दिवस पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको देखिदै आएको छ ।

प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, अवसरमा महिला पर्यटन व्यवसायी मञ्च (WOTF) द्धारा आयोजना गरीएको (एक दिने) पर्यटन प्रवद्र्घनात्मक पदयात्रा ( पुम्दीकोकोट (कालावाङ्ग –भुम्दीकोट- चापाकोट -पामे -पोखरा ) हाइकिङ्ग कार्यक्रम आन्तरिक पर्यटन पुनरुत्थान समितिको सहयोगमा सम्पन्न भएको छ । उक्त पदयात्रामा एक सय भन्दा बढी पर्यटन व्यवसायी महिलाहरु ,नेपाल पर्यटन बोर्डका प्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि पनि सहभागिता थिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले पदायात्रीलाई विदाइ गर्दै पर्यटनलाई गति दिन आन्तरिक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने बताउँदै महिलाहरु आज यसरी उदारणीय कार्यमा सहभागी भएकोमा खुसि व्यक्त गर्दै पदयात्राको शुभकामना तथा बधाई समेत दिएका थिए ।

मञ्चकी अध्यक्ष पार्वती पाण्डेले आर्थिक सशक्तीकरणले महिलालाई आत्मविश्वास बनाउने उल्लेख गर्दै सामाजिक रुपान्तरणका लागि महिलाले आफ्नो भूमिकाको खोजी गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै सम्पूर्ण पर्यटन महिलाहरुलाई पदयात्राको अनुभव पछि पर्यटकलाई गन्तब्य चिनाउन महत्वूर्ण भूमिका खेल्ने बताइन ।

नेपाल तथा पोखरा सुरक्षित रहेको भन्दै आन्तरीक तथा विदेशी पर्यटकलाई ढुक्क भएर नेपाल भ्रमण गर्न सकीने कुरा मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुलीले बताएकी छीन ।

‘भ्यालेन्टाइन्स डे” को दिन सँगै पदयात्रा गरेका युगल जोडी टेसाका अध्यक्ष नारायण सापकोटा तथा मञ्चका सदस्य दुर्गा सापकोटालाई मायाको चिनो प्रदान गरी सम्मान गर्दा देखिएको रौनकले पदयात्राको थकान समेत मेटीएको थियो ।

नेपालको पर्यटनको एउटा प्रमुख आकर्षण मानिएको पदयात्रा मार्गहरूमा जथाभावी बनेका सडकहरूले ती मार्गको आकर्षण तथा गुणस्तर घटाइरहेको भन्दै यति बेला पर्यटन व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।

पदयात्रा मार्ग मिचिएको ठाउँमा वैकल्पिक रूटहरू बनाउने काम समेत नहुँदा विस्तारै त्यस्ता मार्ग नै हराउन सक्नेमा व्यावसायीहरूको चिन्ता छ।

यहाँ आउने कुल पर्यटकहरूमध्ये आधाभन्दा बढिको उद्देश्य पदयात्रा नै हुने हुँदा तिनको गुणस्तरबारे समयमै नसोचिए त्यसको ठूलो असर देशकै अर्थतन्त्रमा समेत पर्न सक्नेमा दुई मत छैन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*