
माघ १९ पोखरा :
पोखराको फेवाताल किनार बाराही चोक देखि पाहारी घाट सम्म २०० मिटर पोखरा महानगरपालिका वडा न.६ द्वारा सौन्दर्यकरणको नाममा फलामे रेलिङ राखी व्यावसायिक विज्ञापन बोर्ड राख्न काठमाडौ को एक बिज्ञापन एजेन्सी लाई दिएको मा राष्ट्रिय सम्पदाले विरोध गरेको छ ।

सिमसार क्षेत्रमा सूचिकृत एवं पोखराको प्राकृतिक सम्पदाको गहना फेवाताल कुरूप बनाउने कार्य तथा वातावरण मैत्री क्रियाकलाप प्रति बेवास्ता गर्दै आर्थिक प्रलोभनमा पारी व्यापारीकरणमा बढी महत्व दिई प्राकृतिक सम्पदाको दोहन गर्ने कार्यप्रति असहमति भएकोले फेवाताल किनारमा हुन लागेको सो गतिविधि रोक्नका लागि अनुरोध गर्दै आज पोखरा माहानगर पालिकाका प्रमुख तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सूचनाको हकको लागि राष्ट्रिय वडा सञ्जाल -६ , नेपाल तथा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका तर्फ बाट ध्यानाकर्षण पत्र बुझाएका छन् ।

वडा न.६,कार्यालयले पुस ७ गते बिज्ञापन एजेन्सी लाई सुरक्षा, सूचना र विज्ञापन झल्किने सामग्री राख्न पाउने गरी रेलिङ लगाउन अनुमति दिएका हो । बिज्ञापन एजेन्सीले रेलिङ लगाउन थालेपछि स्थानीयले विरोध गरेका थिए ।

सूचनाको हकका लागि राष्ट्रिय वडा सञ्जाल पोखरा ६ का अध्यक्ष अनिल थापा र राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारीले महानगरका मेयर मानबहादुर जिसीलाई काम रोक्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन । मेयरले आफूलाई जानकारी नआएको उल्लेख गर्दै तत्काल काम रोकिने बताएका छन् ।

Leave a Reply