
माघ १८ पोखरा :
यस्ता खालका दुखत घटनहरु नेपालमा थुप्रै घटेका छन् ।
घटनामा प्रवेश गर्नु भन्दा अगाडी माघ महीना छ दिन प्रतिदिन चिसो र सितलहर बढी रहेको छ सुरक्षितका साथ सवैजना चिसोबाट बच्नुहोला ।
महिला पर्यटन व्यावसायी मञ्च (WOTEF) पोखराले बैदेशिक रोजगारीको शिलशिलामा गएर अलपत्र परेका कपिलवस्तुको शिवराज न.पा. वडा नं. ९,का अशोक सुनारका आफन्तलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
महिला पर्यटन व्यावसायी मञ्चका अध्यक्ष पार्वती पाण्डेले पिडित अशोक सुनारका जिल्लाबासी आफन्त राजु वि.सी.लाई रु. ५२०५ (पाँच हजार दुई सय पाँच रुपैया) एक कार्यक्रमका विच हस्तान्त्रण गर्नु भयो ।
उक्त आर्थिक सहयोग रकम हस्तान्त्रण गर्दै अध्यक्ष पाण्डेले बैदेशिक रोजगारीको शिलशिलामा साउदी गएर अलपत्र परेका कपिलवस्तुका अशोक सुनारलाइ आर्थिक सहयोग गर्न पाएको खुसी ब्यक्त गर्दै यस्तो मानवीय कार्यमा सहयोग गर्न सवैमा आग्रह समेत गर्नु भएको छ ।
उक्त आर्थिक सहयोग हस्तान्त्रण कार्यक्रममा मञ्चका सचिव ममता न्यौपाने र कोषाध्यक्ष लक्ष्मी लामीछाने सहभागिता हुनुहुन्थ्यो ।
गण्डकी प्रदेशको कास्की जिल्लामा स्थापित पर्यटन महिलाहरुको एक उदारणीय संथाले धेरै टाढा रहेको लुम्बिनी प्रदेशको मधेशी जिल्ला कपिलवस्तुका पिडीतलाई गरेको सहयोग खुलेर नै प्रशंशा गर्नुका साथै मानबिय कार्यमा पुर्याएको योगदान अतुलनिय रहेको छ ।
कपिलवस्तुको शिवराज न.पा. वडा नं. ९,का अशोक सुनार करिव आठ बर्ष पहिला ठुलो सपना बोकेर साउदी गएका थिए । वैदेशी रोजगारमा पठाउने म्यानपावरको लाहापर्वाहीको कारण भने जस्तो काम नपाएर दुख पाए पछी कम्पनीबाट भागेका कारण साहुले कम्पनी घाटा भएको भन्दै रीसले १८ जना विरुद्ध प्रत्येक कामदार प्रति २५००० रियाल चोरीको मुद्दा हाले पछी उनी नेपाल आउन सकेका छैनन् ।
श्रीमान नेपाल फर्कन गारो देखे पछी उनीकी श्रीमती परीवार सँग सम्पर्क विहीन भएकी छन् ।
यति बेला अशोक सुनारलाई नेपाल फर्काउन विभिन्न दात्रिनिकाय, संघ संस्था लगायत नेपालीहरु सँग हार गुहार गर्दै आफन्तले सहयोगको अपिल गरेका छन् ।
Leave a Reply