
रोहीत वस्नेत
माघ १७ पोखरा
धादिङ्ग जिल्ला स्थायी घर भई पर्यटकीय नगरी पोखरालाई कर्म थलो बनाएका दिदी वहीनीहरुको संस्था धादिङ्ग त्रिपुरा वाराही समुहले पोखराको लेकसाइडमा रहेको वडा प्रहरी कार्यलय वैदाममा पहिलोपल्ट महिला इञ्चार्जको जिम्मेवारी सम्हाल्नु भएका (डिएसपि) प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङलाई स्वागत गरेको छ ।
धादिङ्ग त्रिपुरा वाराही समुहकी अध्यक्ष बविता मल्लले फुलको माला र खादा लगाएर स्वागत गर्नुभएको हो । अध्यक्ष मल्लले धादिङ्गकी चेली आज पोखराको पर्यटकीय क्षेत्र वडा प्रहरी कार्यालय बैदामको प्रहरी प्रमुखको रुपमा पाउँदा निकै खुसी ब्यक्त गर्दै प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङको पोखराको बसाई सुखद रहोस् जस्तो सुकै अवस्थामा पनि यस महिला समुहको साथ र सहयोग रहने कुरा उल्लेख गर्दै पर्यटकीय क्षेत्रको शान्ति सुरक्षामा पहिलोपल्ट महिला इञ्चार्ज पाएकोमा महिलाहरुको थप सुरक्षामा महत्वपूर्ण भूमिका रहने विश्वास व्यत्त गर्नुभयो ।

बैदाम इन्चार्ज तामाङले धादिङ्ग जिल्ला राजधानी सँग जोडिएको जिल्ला भए पनि अझै बत्तीमुनीको अध्यारो जस्तै रहेको उल्लेख गर्दै आज आफ्नै जिल्लाबासी दिदी वहीनीहरुबाट स्वागत र सम्मान पाउँदा निकै खुसी लागेको आगामी दिनमा सहयोग र सहकार्यबाट अगाडी बढ्ने कुरा व्यक्त गर्नु भयो ।
वविता मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा द्धितिया उपाध्यक्ष विन्दा धरेल, धादिङ्ग पोखरा सम्पर्क समाजका पूर्व अध्यक्ष कृष्ण कुमार श्रेष्ठ र धादिङ्ग लेकसाईड पारिवारीक समाजका अध्यक्ष माधब लम्सालले स्वागत मन्तव्य राख्नु भएको थियो ।
धादिङ्ग त्रिपुरा वाराही समुहका सचिव निर्मला थपलिया पाठकले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
यस्तै केही दिन पहिला महिला पर्यटन व्यवसायी मञ्च (WOTEF) तथा मितेरी नारी समुहले समेत वडा प्रहरी कार्यालय बैदामका नयाँ डिएसपि चिनिमाया तामाङ्गलाइ स्वागत गरेका थिए ।
Leave a Reply