
माघ २ पोखरा:
फेवाताल संरक्षणका लागी प्रवासमा रहेका नेपालीहरुबाट संकलित दुई लाख रुपैया पोखरा लेकसाइडमा एक समारोह बीच राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाविर पुनलाई हस्तातरण गरिएको छ ।
फेवाताल संरक्षण पहलका संस्थापक संयोजक शंकर कोईराला को समयोजन र दीपेन्द्र बहादुर ढकाल को पहलमा बिभिन्न देशमा रहेका प्रबासी नेपालीहरु शंकर कोईराला, दीपेन्द्र बहादुर ढकाल, जोनी पहारी, अमृत न्यौपाने, घनश्याम भण्डारी, इद्र नारायण गुरुङ, ओम प्रकाश पराजुली, डिल्लीराम भण्डारी, किशोर बराल, बैकुण्ठ पहारी, सहादेब तिवारी, गोलमान गुरुंङ, राजराज कोईराला, कमल गुरुङ, यज्ञ तिमिलसिना, सन्तोष गुरुङले आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा फेवाताल समरक्षण पहलका स्थानीय अध्यक्ष धर्म राज पहारी, सचिव तेज नारायण पराजुली, पोखरा ६ बैदामका जनप्रतिनिधि हरि कृष्ण पहारी लगाएत स्थानीय सामाजिक अभियान्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष पहारीले देश कै गौरबको रूपमा रहेको आविष्कार केन्द्रलाई सहयोग गर्ने सम्पूर्ण प्रवासीलाई धन्यवाद ज्ञापन गर्दै प्रबासी नेपालीहरूले नेपालको सामाजिक क्षेत्रमा गरेको सहयोग प्रशमसनिय रहेको बताए
Leave a Reply