May 16, 2021

शिशु विकास तथा स्याहार केन्द्र बैदाममा विष्णु केसी

रोहीत वस्नेत
पौष २५ पोखरा

शिशु विकास तथा स्याहार केन्द्र पोखरा-६, बैदामको अध्यक्षमा विष्णु केसी चयन हुनु भएको छ ।

केन्द्रको १४औ वार्षिक साधारण सभा तथा १०औं अधिबेशनले निवर्तमान अध्यक्षमा अनिल थापा, उपाध्यक्षमा ललिता ढुङ्गाना अधिकारी, सचिवमा रामेश्वर न्यौपाने, सह-सचिवमा मिना ढकाल, कोषाक्ष्यमा विनीता बराल र सह-कोषाक्ष्यमा शुसिला वाग्ले चयन हुनुभएको छ

तेसै गरी सदस्यहरुमा संगिता बराल, लभ भुजेल, शिव जि.सी., सुरेश पहारी तथा इन्दिरा पौडेल चयन हुनु भएको छ । सम्पन्न भएको उक्त अधिबेशनले शन्तुमाया श्रेष्ठलाइ सल्लाहकारमा चयन गरेको छ भने अरु सल्लाहकारहरु यथावत रहने गरी कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रको १४औ वार्षिक साधारण सभा तथा १०औं अधिबेशनले आगामी दुइवर्षे कार्यकालको लागी विष्णु केसीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको हो ।

बि.स. २०५२ सालदेखी स्थापना भएको शिशु स्याहार केन्द्रमा हालसम्म करिव ७५३ जना विपन्न वर्गका बालबालिकालाई आफ्नो सेवा प्रदान गरीसकेको र हाल केन्द्रमा २५ जना विपन्न वर्गका बालवालिकाहरु रहेका छन भने पोखरा महानगरपालिकाको सहयोगमा महानगरले तोकेका २ जना र सस्थाको तर्फबाट १ जना गरि ३ जना कर्मचारी कार्यरत रहेका छन ।

विश्वभर फैलिएको कोरोना भाइरसको माहामारीका कारण हाल केही महीना केन्द्रमा रहेका बालबालिकाहरुको स्याहारमा कमीभए पनि अव छिटै सेवामा निरन्तरता दिने केन्द्रका अध्यक्ष अनिल थापाले पर्यटन समाचारलाइ जानकारी दिनु भयो ।

अनिल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष तथा समाजसेवी सूर्यनाथ पहारीलाई सम्मान गरीएको थियो ।

विपन्न वर्गका बालबालिकाहरु उचित स्याहार सुसार तथा पठनपाठन पाउनबाट बन्चित २, ३ वर्ष तलका बालबालिकाको शारिरीक तथा मानसिक विकासका लागि शिशु स्याहार केन्द्रले काम गर्दै आएको छ ।

जन्मेदेखि नै बालबालिकाको सामाजिकीकरण प्रक्रिया शुरु हुन्छ । अभिभावकको व्यवहार तथा पारिवारिक वातावरणबाट नै उनीहरूले सामाजिकीकरणका आधारभूत सीप सिक्दछन् । भविष्यमा मानिस समाजमा मिल्न प्रारम्भिक बाल्यावस्थामा सामाजिक विकासको निकै नै महत्त्वपूर्ण छ । सामाजिक विकासका निम्ति खेल, साथी, मनोरञ्जन, नातागोता चिन्ने जस्ता अवसरले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । बालबालिकाले जे देख्छन् त्यही सिक्छन् । परिवारको मूल्यमान्यता र आमाबाबुले गर्ने व्यवहारले उनीहरूको सामाजिक विकासमा प्रभाव पार्दछ । प्रारम्भिक बाल्यावस्थामा बालबालिकाले बानी, व्यवहार, स्वास्थ्य तथा सरसफाइ र नैतिक मूल्य सिक्छन् । यी बानी तथा व्यवहारले उनीहरूको जीवनका आगामी चरणमा दह्रो प्रभाव पार्नुमा दूइ मत छैन त्यसैले बालबलिकालाइ सधै माया गरौं ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*