May 12, 2021

प्रवर्द्धनात्मक भ्रमणमा लागे पोखराका पर्यटन व्यवसायी

मंसिर २६ पोखरा : कोरोना भाइरसको संक्रमणले थिलोथिलो भएको पर्यटन पुन उकास्ने उद्देश्यले पर्यटनका छाता संस्थाहरु आन्तरीक पर्यटन प्रबद्धनमा लागेका छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेण्ड (नाट्टा) गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा पर्यटन पुनःउत्थान लागि ४ दिने स्थलगत भ्रमण सम्पन्न गरेको छ ।
स्थलगत भ्रमणमा मनकामना, बुङ्कोट, बक्यश्वरी र सहिद लखनको जन्मस्थान, बारपाक, लिगलिगकोट, बन्दिपुर र तनहुँको मानहुँकोट लगायतको अवलोकन सञ्चारकर्मी सहित २४ जनाको सहाभागिता सम्पन्न गरेको जानकारी प्राप्त भएको छ ।

तस्वीर : सामाजीक सञ्जालबाट ।

यसै गरी नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशले पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यका सहिद मंसिर २२ गतेदेखि स्याङ्जा, पाल्पा, बुटवल, नवलपुर, चितवनलगायत स्थानमा प्रवर्द्धनात्मक भ्रमण गरीरहेको छ ।

तस्वीर : सामाजीक सञ्जालबाट ।

यता पश्चिमाञ्चल होटल संघ पोखराले जाउँ है पोखरा अभियान शुरु गरेको छ नेपाल पर्यटन बोर्डसँग मिलेर मंसिर २४ देखि २७ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको छ । उक्त जाउँ है पोखरा अभियान १८ वर्ष अघि सुरुवात गरेको पश्मिाञ्चल होलल संघको सचिवालयबाट जानकारी प्राप्त भएको छ ।

तस्वीर : सामाजीक सञ्जालबाट ।

कोरोना भाइरसका रोगका कारण अहिले विश्व जगत नै नकारात्मक रुपमा प्रभावित छ । यस रोगलाई महामारी घोषणा गरेपछि आन्तरिक र अन्तर्राष्ट्रिय रुपमा नै मानिसको आवागमन ठूलो प्रभाव परेको छ ।महिनौ लामो लकडाउनले व्यवसाय बन्द हुँदा थुप्रै व्यवसायी पलायन भएका छन् । कतिपयले घरभाडा र बैंकको सावाँ र ब्याज तिर्न सकेका छैनन् । धेरैले रोजगारी गुमाएका छन् । कतिको ज्यानै पनि गएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*