
कार्तिक १९ पोखरा :
ट्रेकिङ एजेन्सिज एशोसियसन अफ (टान) पश्चिमाञ्चलको अध्यक्षमा सुशील पौडेल सर्वसम्मत चयन भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको १६औँ अधिवेशन एवं २७औँ वार्षिक साधारणसभाले पौडेलको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा धर्मराज पन्थी र द्वितीय उपाध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । त्यस्तै सचिवमा मिलन तिवारी निर्विरोध चयन भएका छन् भने सहसचिवमा रेशव अधिकारी र कोषाध्यक्ष्ँमा किसमकुमारी गुरुङ चयन भएका छन् ।
अधिवेशनले सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोईराला र विकास गुरुङ चयन भएका छन् ।

अधिवेशन तथा साधारणसभाका अवसरमा संघका तर्फबाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्माणाधीन भवनका लागि ५० हजार उपलब्ध गराइएको थियो भने राष्ट्रिय समाचार समिति (रासस) पोखराका समाचारदाता जमुना वर्षा शर्मालाई ‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानीत गरीएको छ ।
Leave a Reply