September 26, 2021

पर्यटक विनाको पर्यटन दिवस

रोहीत वस्नेत


असोज ११ पोखरा : आज सेप्टेम्बरको २७ तारिख अर्थात विश्व पर्यटन दिवस । पर्यटकीय राजधानी पोखरामा सधै सेप्टेम्बरको २७ तारिख पोखरा विमानस्थल तथा पर्यटक वसपार्कमा दौरा,सुरुवाल, ढाका, टोपीमा ठाँटीएर नेपालीपन देखाउँदै बाजागाजा झाँकीसहित पोखराका पर्यटन व्यवसायीहरुको लर्को देखिन्थ्यो ।

”अतिथि देवो भव” भन्दै पर्यटकका गलामा दोसल्ला सहित फुलका माला पहिराउन र पर्यटकको हातमा फूलको गुच्छा दिन तछाड, मछाड गरेको दृष्य ताजै छ ।

एक त पर्यटन छैनन् अर्को कोराना माहामारी कसरी स्वागत गर्ने त्यसकारण यसपाली नत पर्यटक, नत पर्यटन दिवस, पर्यटन व्यवसायीहरु सामाजीक सञ्जाल फेसबुकमा पर्यटन दिवशको शुभकामना भन्ने लेखेर मात्रै पर्यटन दिवस मनाउन बाध्य छन् । पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने पोखराका पर्यटन संघसंस्थाहरु मौन देखिन्छन् ।

कोभिड १९ को महामारीले गर्दा पर्यटन क्षेत्रको होटल व्यवसाय एउटा कठिन परिस्थितिमा पुगेको छ । कोरोना माहामारीका कारण यस पालि केही कार्यक्रम हुन सकेन पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन ।

कोभिड १९ को महामारीले यस वर्ष कुनै पनि कार्यक्रम नगरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए ।

भीडभाडमा कोरोनाको जोखिम पनि उच्च रहने भएकाले यो वर्ष औपचारिक कार्यक्रम खासै छैन दीउँसो फेवा किनार क्याम्पीनचोकमा पर्यटन विषयलाई केन्द्रित गरेर सानो अपौचारीक कार्यक्रम गर्न थालिएका पर्यटन मन्त्री विकास लम्सालले पर्यटन समाचारलाइ जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले निर्देशित गरेका मापदण्डलाई पूर्णपालना गर्दै पर्यटन व्यवसायलाई जीवन्त राख्नका लागि हार्दिक अनुरोध गर्दछु र पर्यटन दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*