May 15, 2021

वडा अध्यक्ष आफै घाँस काटेर सरसफाई गरे : पोखरा

रोहीत वस्नेत
असोज १० पोखरा : पर्यटकिय क्षेत्र लेकसाइड स्थित बसुन्धरापार्क बाहीर सडकको छेउछाउ ९अम्बोटमा० सरसफाई गरिएको छ । मितेरी नारी समुह र वडा नं ६ का जनप्रतिनिधि सँगको सहकार्यमा सरसफाई गरीएको हो ।

फेवाताल किनारको बसुन्धरा पार्क अधिग्रहण गरेको ३७ वर्षपछि ढिलै भए पनि हरीयाली पार्कको रूपमा विकास गर्ने गरी काम शुरु भैरहेको छ ।

विगत ६ महिना देखि कोरोना भाइरस माहामारीको कारण पर्यटकीए बजार सुनसान र चलायमान नभए पछी पर्यटकीय क्षेत्र अम्बोट लगायत विभिन्न ठाउँको सडक छेउछाउ ठुलो ठुलो घाँस समेत पलाएको छ । पोखरा वडा नं। ६ का वडा अध्यक्ष जगत वहादुर पहारी, वडा सदस्य हरी पहारी वडा तथा सदस्य विष्णु वहादुर भट्टराई आफ्नै हातले घाँस काटेर सरसफाइ गरेका छन् ।

उक्त सरसफाइ कार्यक्रममा मितेरी नारी समुहका आमा दिदी वहीनीहरु, स्थानीय जनता, र वडा नं ६ का जनप्रतिनिधि मिलेर सरसफाई गरेको वडा सदस्य तथा समाजसेवी हरि पहारीले जानकारी दिए ।

स्मरण रहोस : विगत केही बर्ष अगाडी क्लिन लेकसाइडले स्थानिय तथा व्यवसायीहरुलाई जथाभावी फोहोर नफाल्न चेतावनी दिदै सरसफाई गरेको थियो । क्लिन लेकसाइडले जथाभावी फोहोर फाल्ने जो कोहीलाई समेत कारवाही समेत गर्ने चेतावनी दिएको संयोजक सोभियत परियारले जानकारी गराएका थिए तर उक्त कार्य खासै लागु भएको देखिदैन ।

यसै गरी पोखरा सड़क डिभिजन कार्यालयका कर्मचारी, वडां न ७ जनप्रतिनिधी वडां न ६ जनप्रतिनीधि र गौरीधाट पार्क निर्माण समितिको संयुक्त टोलीले सहीद चोक देखी बाराही चोक सम्मको बाटो र बाटोमा रहेका विभिन्न चौताराहरु पुनः निर्माण गर्न निरिक्षण गरेको गौरीधाट पार्क निर्माण समितिका संयोजक युवा समाजसेवी अनिल थापाले पर्यटन समाचरलाइ जानकारी दिए । उक्त बाटो निमार्णकार्य अव केही दिनमा नै शुरु गर्ने सडक डिभिजन कार्यालयले बताएको उनले थपे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*