July 24, 2021

दशवर्ष सशस्त्र संघर्षमा अभिभावक गुमाएका पिडित वालवालिकालाई सहयोग : बाल सहयोग केन्द्र

रोहीत वस्नेत

असोज १० पोखरा : बाल सहयोग केन्द्र रुकुम पश्चिमले जिल्लाका अभिभावक गुमाएका अनाथ, असहाय तथा विपन्न परिवारका समस्यामा परेका बालबालिकाहरुलाई बर्षौ देखि सहयोग गर्दै आएको छ ।

नेपालमा दश वर्ष (वि.स. २०५२–२०६३ सम्म)को लामो सशस्त्र संघर्षको अवधिमा अभिभावक गुमाएका अनाथ, असहाय तथा विपन्न परिवारका वालवालिकाहरुको गास, बास, कपासको उचित व्यबस्थापन, उनिहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न बाल सहयोग केन्द्र रुकुम पश्चिमले बर्षौ देखि सहयोग गर्दै आएको हो ।

बर्षौ देखि संस्थाले रुकुम पश्चिमका विभिन्न ठाउँका अनाथ असाहय, विपन्न परिवारका पिछडिएका समुदायका बालबालिकाहरुलाई पोशाकहरु, जुत्ता चप्पल, शैक्षीक सामाग्री तथा खाद्यान्न सामाग्रीहरु वितरण गरेर सहयोग गर्दै आएको

तथा अहिले कोरोना महामारीका बेला लकडाउनका कारणबाट पिडित भएका बालबालिकाहरुलाई खाद्यान्न, न्यानो कपडा पोसाकहरु, शैक्षीक सामाग्री, कपडा वितरण गर्दै आएको रुकुम जिल्लाको कुनै पनि ठाउँमा अनाथ असाहय र विपन्न परिवारका बालबालिकाहरु समस्यामा परेको थाहा पाउन साथ त्यहाँ पुगेर राहत वितरण गर्दै आएको संस्थाका अध्यक्ष खेम पुनले जानकारी दिए ।

नेपालमा दश वर्ष (वि.स. २०५२–२०६३ सम्म)को लामो सशस्त्र संघर्षको अवधिमा हजारौं व्यक्तिहरू मारिए र एक हजार भन्दा बढी नेपाली परिवारहरूलाई अझै आफ्नो परिवारको अवस्था र को कहाँ छन् भन्ने बारे कुनै किसिमको जानकारी प्राप्त हुन सकेको छैन । शान्ति आएको वषौंपछि पनि उनीहरुको वेदना यथावत छ । आफ्ना परिवारको पिडामा विगतका हिंसाहरुलाई बिर्सन सकिरहेका छैनन् । यस्ता घाउले समाजको मूल संरचनालाई खल्बल्याउँछ र कहिलेकाही त संघर्ष समाप्त भएको दशकौं वर्षसम्म पनि यसको प्रभाव परिरहन्छ ।

सशस्त्र संघर्षको अन्त्यसँगै द्वन्द्वको क्रममा द्वन्द्वरत पक्षहरूबाट गिरफ्तार वा कब्जा भएपछि वा सशस्त्र मुठभेडमा परेपछि बेपत्ता भएकाहरु का अनाथ असाहय र पिडित बाल बालिकाहरु हजारौको संख्यामा छन् ।

हिंसा, शोषण, दुर्व्यवहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो । तथापी नेपालमा हजारौं बालबालिका हिंसा, शोषण र दुर्व्यवहारबाट पिडित छन्। हजारौं अन्य बालबालिका जोखिममा छन् ।

हिंसात्मक अनुशासन, बालबिवाह, बाल श्रम, बेचबिखन, महिला र बालिका विरुद्धको हिंसा, बालबालिकालाई अनावश्यक रुपमा अनाथालय वा सुधार गृहमा राखिनु आदी नेपालका बाल संरक्षणसंग सम्बन्धित मुद्दाहरू हुन् ।

संघर्ष जनयुद्ध समाप्त भएको दशकौं वर्ष विति सक्दा पनि जनयुद्ध पछी सरकारमा पुगेकाहरुको यस्तो अनाथ बालबालिकाहरु प्रति जिम्मेवारी देखिदैन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*