September 26, 2021

पोखरा आकाशमा प्याराग्लाइडिङ फेवातालमा डुङ्गा

फाईल तस्वीर

रोहीत वस्नेत
असोज ६ पोखरा:

कोरोना भाइरसको कारण विगत ६ महिना देखि बन्द रहेका फेवातालका डुंगा केही दिन यता सञ्चालनमा आएको छन ।

सरकारले असोज १ गतेबाट डुंगा सञ्चालनको अनुमति दिए सँगै फेवातालमा चल्ने डुङ्गा सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष तथा समाजसेवी मंगल वहादुर नेपालीले पर्यटन समाचारलाई जानकारी दिनु भयो ।

सरकारले बनाएको निश्चित मापदण्ड अनुसार डुङ्गा सञ्चालन गरिएको बताउनु भयो ।

-डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने
-लाइनमा बस्दा भौतिक दुरी कायम गर्नुपर्ने
डुंगा व्यवसायीले ग्राहकको ज्वरो नाप्ने र सेनिटाइजर प्रयोग गर्न दिएपछि मात्र डुंगा सयर गर्ने व्यवस्था छ । यात्रुले पुरानै भाडामा डुंगा सयर गर्न पाउनेछन् तथा लाईफ ज्याकेट एक पटक प्रयोगमा आएपछि स्यानिटाइज गरेर राखिने यसरी स्यानिटाइज गरेर राखेको ज्याकेट अर्को दिन मात्र प्रयोगमा ल्याइने पनि व्यवस्था मिलाइएको छ ।

सहासिक खेल प्याराग्लाइडिङ तर्फ

पोखरामा सहासिक खेल प्याराग्लाइडिङ पनि पुन संचालनमा आएको नेपाल हवाई खेलकुद संस्था –ना) ले वताएको छ । आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरी उडान शुरु गरीएको अध्यक्ष कृष्ण भण्डारीले बताउनु भयो ।

सरकारले असोज १ गते देखि हवाई उडान संचालनको अनुमति दिएसंगै प्याराग्लाइडिङ समेत संचालन गरिएको, हाल विदेशी पर्यटकहरु नभएपनि आन्तरिक पर्यटकहरुलाई बिषेश छुटको प्योकेज उपलब्ध गराउने उहाँले बताउनुभयो ।
पोखरामा सञ्चालित प्याराग्लाइडिङका ६० भन्दा वढी व्यवसायिक कम्पनीहरु वन्द रहेसँगै खोल्ने तयारीमा रहेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*