May 8, 2021

पोखरामा एक पत्रकार र दुई प्रहरीलाई कोरोना पुष्टि

भाद्र ३१ पोखरा: पोखरामा १ पत्रकारसहित गण्डकी प्रदेशमा बुधबार ५ संक्रमित थपिएका छन् ।

स्याङ्जाको पुतलीबजार १३ घर भई पोखरा ४ मा बस्दै आएका पत्रकारमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ सोमबार नमूना दिएका उनको आज विहान नतिजा पोजिटिभ आएको होे । उनमा कोरोनाका सामान्य लक्षण देखिएको छ । अहिले उनी होम आइसोलेशनमा छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-६ का २ जना पुरुष पर्यटक प्रहरीमा कार्यरत छन् ।

तनहुँ जिल्ला, सुक्लागण्डकी-१० का २८ बर्षीय पुरुष कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । उनी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा छन् ।

नवलपुर कावासोती-८ का संक्रमित ह्याम्स अस्पताल, काठमाडौँमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७१ पुगेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*