September 23, 2021

अन्तरिक हवाई उडान, होटल रेष्टुरेन्ट र लामो दुरीको यातायात असोज १ बाटै खुला : भाडादरमा ५० प्रतिशत बढ्यो

भाद्र ३० काठमाडौं: सरकारले अन्तरिक हवाई उडान, होटल रेष्टुरेन्ट तथा लामो दुरीको यातायात हरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान तथा लामो दुरीको यातायात सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, सेनीटाइजर अनिवार्य गरिएको छ ।

त्यस्तै बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।
बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*