May 6, 2021

कास्की खुकुलो हुँदै,अझै के केमा रोक ? हेनुहोस्

भाद्र २७ पोखरा: कास्कीमा आइतबारदेखि सार्वजनिक सवारी साधन चल्ने भएका छन् । शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आवश्यक सुरक्षा सतर्कता अपनाएर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको पछिल्लो निषेधाज्ञा भदौं २७ अर्थात् आज राति १२ बजेदेखी सकिदैछ । सिसिएमसीको शुक्रबारे बसेको बैठकले जिल्लामा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको छ ।

सार्वजनिक यातायातमा चढ्ने यात्रुहरुले अनिवार्य मास्क लगाउनु पर्ने र बस सञ्चालकले ढोकामा नै सेनिटाइजरको व्यवस्था गरिनुपर्नेछ । यस्तै भौतिक दुरी कायम गरेर बसको एक लहरमा एक जना अर्थात् कुल सिटको आधा भन्दा नबढ्ने गरी यात्रु बस्ने व्यबस्था मिलाउनुपर्ने पर्ने छ । सार्वजनिक यातायात बिहान ६ बजेदेखी साझँ ८ बजे सम्म संचालन गर्न पाइने निर्णय गरेको ।

अझै के केमा रोक ?

बैठकले मानिसहरु भेला हुन, भीडभाड गर्न, जुलुलस निकाल्न, जात्रा, महोत्सव, मेला गर्न तथा धर्म संस्कृती, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्य गर्न नपाइने ।

विद्यालय, क्याम्पस, शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, सिनेमा हल, फुटसल, व्युटिपार्लर, जिमखाना, स्पा, सैलुन सञ्चालन वा खोल्न नपाइने ।

स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर नीजि सवारीसाधन र ट्याक्सी बिहान ६ बजेदखी साँझ ८ बजे सम्म चलाउन पाइने  निर्णय गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*