September 26, 2021

गण्डकी प्रदेशमा मंगलबार रातिदेखि निषेधाज्ञा

गण्डकी प्रदेशमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ । के के बन्द गर्ने र के के खुल्ला गर्ने भन्ने कुरा तयारी गर्न कास्कीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएकाे छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार अपरान्ह बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले गण्डकी प्रदेशका सबै जिल्लामा आवश्यकता अनुसार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । त्यसका लागि जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिइने भएकाे छ ।

पाेखरा महानगरले आजै राती १२ बजेबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे थियाे । तर प्रदेशले २४ समय दिनु पर्ने भन्दै भाेली रातीबाट लागु गर्न भनेकाे छ ।

भदौ ७ गतेसम्म प्रदेशमा निषेधाज्ञा गर्ने निर्णय भएको बैठकमा सहभागी प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*