May 12, 2021

कोरोना भाइरस चेतना मुलक ब्यानर सार्वजनिक : सुचनाको हकका लागि राष्ट्रिय संजाल पोखरा, वडा नंं ६,बैदाम

रोहीत वस्नेत

साउन ३० पोखरा : सुचनाको हकका लागि राष्ट्रिय सन्जाल, पोखरा-६ द्वारा बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको बारेमा चेतना मुलक ब्यानरहरु सार्वजनिक गरेको छ ।

लेकसाइडका भिड्भाड हुने सार्वजनिक ठाउँ खानेपानी धारा, चोक, चौतारीहरुमा, स्थानीयलाई महामारी बाट बच्न र बचाउन आग्रह गर्दै वडा सन्जालले दुरि कायम गरौ, मास्क लगाउ, कोरोना बाट बचौ र बचाउ, लेखिएको व्यानर स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक गरेको थियो
कार्यक्रममा बोल्दै वडा सन्जालका सम्योजक अनिल थापाले कोरोना महामारी सङ लड्नको लागि जनप्रतिनिधि सङ सहकार्य गर्ने बताउनु भयो ।

सूचनाको हक मानिसको जन्मसिद्ध मौलिक हक हो। जनताले तिरेको करबाट चल्ने सार्वजनिक निकायहरूमा रहेका सूचनाको खोजी, प्राप्ति र प्रवाहमा कुनै पनि अवरोध नभई त्यस्ता सूचनामा नागरिकको सहज पहुँच हुने स्थिति रहनुलाई नै सूचनाको हक हुनु हो भन्ने मानिन्छ।

नेपालमा पनि सूचनाको हकलाई जनताको मौलिक हकको रूपमा स्थापना गराउने क्रममा २०६४ भदौ ३ गते सभामुखले त्यो सूचनाको हकसम्बन्धी कानुनमा प्रमाणीकरण गरेपछि नेपाल आधुनिक विश्वमा सूचनाको हक प्राप्त गर्ने लोकतान्त्रिक देशको रुपमा चिनिन्छ ।

सूचनाको हक जनताको हक हो र त्यसलाई सम्मान गर्ने सार्वजनिक निकायहरू नै पारदर्शी संस्थाका रूपमा सम्मानित हुने सँस्कृतिको विकास अवश्यम्भावी छ। मान्छेले बाँच्न पाउने हक जन्मँदै लिएर आएको हुन्छ। त्यस्तो ज्ञान नभए मानिस यो संसारमा कसरी बाँच्न सक्छ ररु सायद यसैलाई व्यापक दृष्टिमा मानवअधिकार भनिएको हो र मानवअधिकारसहितको राज्ययन्त्रलाई अहिलेसम्म लोकतन्त्र पनि भनिइरहेको होला। मान्छेले बाँच्न पाउने हकका लागि ज्ञान चाहिन्छ।

सूचनाको हकको अधिकार विश्वव्यापी रूपमा अहिले लोकतन्त्रलाई पारदर्शी बनाउने औजार बनेको छ। बाँच्न र बचाउनका लागि धेरै प्रकारका सूचना वा जानकारी आवश्यक पर्छ। जीविकोपार्जनमुखी शिक्षाका लागि पनि सूचना आवश्यक छ। सूचनाको पहुँच सबैलाई हुँदोरहेनछ, त्यसलाई मानवअधिकारसँग जोड्नु जरुरी हुँदोरहेछ र मानवअधिकारचाहिँ लोकतान्त्रिक राज्य व्यवस्थामा मात्र सम्भव हुँदोरहेछ। त्यसैले सूचनाको हकलाई पहिले पहिले पत्रकारका लागि आवश्यक सूचना वा समाचारको रूपमा मात्र हेरिन्थ्यो र अहिले पनि कतिपय सन्दर्भमा त्यस्तै बुझिन्छ। तर मान्छेलाई, नागरिकलाई बाँच्नका लागि जानकारी आवश्यक पर्छ, त्यो जानकारी शिक्षाको पनि हुनसक्छ, त्यो जानकारी स्वास्थ्यको पनि हुनसक्छ, त्यो जानकारी आफूले खाने पानीको पनि हुनसक्छ र त्यो जानकारी आफू बसेको घरको बारेमा पनि हुनसक्छ। जसले जे जानकारी चाहन्छ, उसलाई आवश्यक पर्ने जरुरी सूचनाको आपूर्ति आवश्यक छ। त्यो कसले दिने भन्दा स्पष्ट छ– जोसँग जानकारी छ, उसैले दिनुपर्छ। वास्तवमा सरकार नै सूचनाको खानी हो ।

जुनसुकै प्रजातान्त्रिक देशको पहिलो कर्तव्य नै जनतालाई सशक्त गराउने हो र जनता आफ्ना सरकारका बारेमा जति बढी सुसूचित हुन्छन्, नागरिकले त्यति नै बढी सार्वभौम भएको महसुस गर्छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*