October 23, 2021

वार्षिकोत्सवको अवसरमा मजदुरलाई राहतः महिला पर्यटन व्यवसायी

साउन २९ पोखरा : लकडाउन खुले पनि पर्यटन क्षेत्र सुनसान छ । पर्यटकीय क्षेत्रका सवै खाले व्यापारमा मन्दी छ । यति बेला पर्यटनक्षेत्रका ९० प्रतिशत मजदुरहरु भोक भोकै रहेको अवस्था छ । कोभिड-१९, ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण संकटबाट गुज्रिएका पर्यटन मजदुरहरुको हातमा न काम छ ? नत दाम छ ? यस्तो बेला महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले २ चार लिन भए पनि मजदुरको चुलो बाल्ने काम गरेको छ ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा पर्यटनक्षेत्रका मजदुरहरुलाई राहत वितरण गरेको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य राजिव पहारीले कोभिड- १९, ले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा गरेको यस्तो संकटको अवस्थामा मजदुरको समस्यालाइ बुझेर राहत वितरण गर्नु निकै सकारात्मक भएको बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेल तथा वडा नं ६ का वडाध्यक्ष जगतबहादुर पहारी ले कोभिड-१९ को समस्या र त्यसबाट सजगताका साथ अगाडी बढ्न आग्रह गर्दै आत्तिएर भन्दा सुरक्षित भएर यसबाट जोगिनु पर्ने बताए ।

महिला पर्यटन मञ्च ओटेफका अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रमा लागेका मजदुर र व्यवसायी एक सिक्काका दुइ पाटा रहेको बताईन् । उनले यस्तो अवस्थामा एक अर्कालाइ सक्दो सहयोग गर्नुपर्ने उदेश्यका साथ संस्थाले वार्षिक उत्सव पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण गरेको बताईन् ।

कार्यक्रममा पर्यटन क्षेत्रमा काम गर्ने ३० जना मजदुरहरुलाइ चामल, दाल, तेल नुन लगायतका सामग्री वितरण गरेको संस्थाका सचिव उमा भण्डारीले जानकारी दिईन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*