
असार १३ पोखरा: कोरोना भाइरसको कारण विश्वका धेरै मुलुकमा लकडाउन हुँदा नेपाल भ्रमणमा आएका केही पर्यटकहरु नेपालमै रोकिएका छन । पोखरामा रहेका पर्यटकहरुले आफ्नो भिसाको म्याद थप गर्न सरकार सँग माग गरेका छन् ।
पोखरामा रहेका विभिन्न देशका पर्यटकहरु नेपालमा हाल कोरोनाबाट आफुहरु सुरक्षित भएको आफुहरु थप केही समय नेपालमै बस्न चाहेकोले भिसाको म्याद थप गरी दिन सरकार सँग आग्रह गरेका हुन ।
अमेरिकाकी रक्सी जुलीयानाले अमेरिकामा दैनिक हजारौंका संख्यामा नयाँ कोरोना संक्रमित बढिरहेकोले नेपाल नै सुरक्षित महसुस गरेर आफू थप केही महिना बस्न चाहेको सुनाइन्। यस्तो संक्रमणका बेलामा घर फर्कन कोरोना संक्रमणको उच्च जोखिम रहेकोले अफ्ना अभिभावकले नेपालमै बस्न सुझाएको पनि उनले सुनाइन् ।
विभिन्न देशका पर्यटक कोरोनाले गर्दा पोखरामा रहेका छन । पोखरामा रेहका करिव १ सय ५० जना पर्यटक भिषाको म्याद सकिएको उनिहरुले वताएका छन ।
नेपालमा डकडाउ खुली सकेको छ । केही समय पछी पुनः पर्यटकलाइ स्वागत गर्नुपर्ने भएकाले नेपालमा रहेका पर्यटकहरुलाई उनीहरुको चहाना अनुसार भिषाको म्याद थप गरी नेपालमै बस्ने वातावरण मिलाउदा नेपालको वारेमा बिश्व वजारमा सकरात्मक सन्देश जाने देखिन्छ । तर नेपालको कानुन अनुसार पर्यटक भिषामा आएका विदेशी पर्यटक १ सय ५० दिनभन्दा बढी बस्न पाउँदैनन्। अब पर्यटन भिषामा नेपालमा रहेका पर्यटकले अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्र नेपाल छाड्नु पर्ने हुन्छ ।
नेपाल सुरक्षित ठानेर बस्न चाहाने पर्यटकलाई बस्ने व्यवस्था मिलाएमा बसेका पर्यटकबाट आम्दानी लिइरहेका पर्यटन व्यसायीलाई थप राहात हुने पर्यटन व्यवासायी बताउँछन् ।
Leave a Reply