May 12, 2021

गण्डकी प्रदेशका पर्यटन मन्त्री चढ्न थाले इलेक्ट्रिक कार

साउन ५ पोखरा: गण्डकी प्रदेशमा पहिलो पटक सरकारीतवरमा इलेक्ट्रिक कार खरिद गरिएको छ । उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयले खरिद गरेको कार मन्त्री विकास लम्साल आइतबार देखि उक्त कार चढ्न शुरु गर्नुभएको छ ।

उक्त कार चढेर प्रदेश सभामा आउनु भएका मन्त्री लम्सालले गाडीले धुवा नफाल्ने भएकाले वातावरण मैत्री गाडी भएको र अरु गाडीको तुलनामा विद्युतीय गाडीमा चाल्न्रे इन्जिन कम हुने भएकाले बिग्रेको खण्डमा मर्मत शुल्क पनि कम पर्ने भएकोले पनि इलेक्ट्रिक कार उपयुक्त हुने बताउनु भयो ।

५६ लाखमा खरिद गरिएको हुन्डाईको कोना कार पहिलाकै मुल्यमा प्राप्त भएको मन्त्रालयले जनाएको छ । अहिले संघीय सरकारले इलेक्ट्रिक गाडीमा कर बढाएकोले कोना कारको मुल्य झण्डै दोब्बर हुने बताइएको छ ।

एक पटक फुल चार्ज गरेपछि ३ सय किलोमिटर सम्म गुड्ने बताइएको छ । गण्डकी प्रदेशको कास्की, तनहुँ र पर्वतमा इलेक्ट्रिक कार चार्जिङ स्टेशन निर्माण भइसकेको मन्त्रालयले जनाएको छ । by shuvanews

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*