July 24, 2021

पत्रकार पाठकलाई खेलकुद पत्रकारिता सम्मान

असार २१ पोखरा: खेलकुद पत्रकारितामा क्रियाशील पत्रकार केशव पाठकलाई युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।

नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा पोखराको लागि प्रचार तथा प्रकाशन उपसमिति संयोजक भई महत्वपूर्ण जिम्मेवारी सम्हालेका केशव पाठक साढे २ दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील रही पोखरामा स्थापित नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक सचिव र मञ्च गण्डकीका निवर्तमान अध्यक्ष समेत हुन् ।

संघीय मन्त्रालयअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले सम्मान तथा पुरस्कार प्रदान गर्ने पोखराका लागि छनोट हुने पहिलो पत्रकार केशव पाठक हुन् ।

काठमाडौं स्थित मन्त्रालयमा आयोजित समारोहमा पत्रकार पाठकसहित देशभरका ४ जना पत्रकारलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।

उनीहरुलाई नगद र सम्मानपत्रसहित सम्मान गरिने मन्त्रालयका उपसचिव गणेशप्रसाद पौडेलले जनाए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*