May 12, 2021

पोखरामा शव व्यवस्थापन गर्ने क्रममा झडप सशस्त्र प्रहरीले हवाई फायर समेत गर्यो

तस्विर : लेखनाथ खबर

असार ११ पोखरा: गएराति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाको आँधीखोला गाउँपालिका १ सिरुबारीका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणले निधन भएको थियो।

सिरुवारीका ५५ वर्षिया पुरुषको शव व्यवस्थापनमा पनि फेरी अवरोध भएको छ । मृतकको शव व्यवस्थापन गर्ने भन्दै पोखरा ३२ लामतरा स्थित सेती नदि किनारमा तयारी गरेपछि स्थानीयले विरोध प्रर्दशन गरिराखेका छन् । शव गाड्नका लागि खाल्डो खनेको थाहा पाएपछि पुगेका स्थानीयले टायर बालेर उक्त स्थान जाने बाटो अवरुद्ध गरेका थिए । तर सुरक्षा निकायले शव व्यवस्थापनका लागि घाटतर्फ लैजाँदै प्रहरी स्थानीय बासिन्दाबीच झडप भएको हो ।

झडपमा दुई जना प्रहरी र १० जना भन्दा बढी स्थानीय बासिन्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले शव व्यवस्थापन गरेर फर्किने क्रममा झडप भएको बताए । झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर समेत गरेको छ ।

तस्विर : लेखनाथ खबर

यसअघि कास्कीमा कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका ६० वर्षीय एक पुरुषको शव व्यवस्थापनमा पनि स्थानीय बासिन्दाले अवरोध गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*