July 24, 2021

पोखरामा कोरोनाबाट स्याङ्जाका पुरुषको मृत्यु : सव व्यवस्थापनमा शंका

असार ११ पोखरा: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।
उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।

पहिलो मृत्यु हुने व्यक्तिको सव व्यवस्थापनमा निकै अप्ठयारो परे सँगै यो पटक पनि तेस्तै हुने हो कि भन्ने शंकाको विषय बनेको छ । सरकारले यस पाली त समय मै राम्रो सँग व्यस्थापन गर्ने छ कि हामी आशा बादी छौं ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*