November 28, 2021

लकडाउनले सिकाएको पाठ, मोबाइल थिच्नुस घरमै खाना

रोहीत वस्नेत

असार ३ पोखरा: बन्दाबन्दीको अवधि लम्बाउँदै सरकारले सुरक्षा अपनाएर रेस्टुरेन्ट तथा क्याफे व्यवसायीहरुलार्ई प्याकिङ्ग खाना (टेक अवे) तरीकाले उपलब्ध गराउने मात्रै निर्णय गरेको बेला पोखरा लेकसाईड खहरे स्थित अम्ब्रेला क्याफेले पनि टेक अवे सुविधाबाट विदेशी तथा स्वदेशी पाहुनाहरुलाई सेवा उपलब्ध गराउन थालेको छ । अम्ब्रेला क्याफेका संचालक सितामान घिसिङ्गले आफूले दिने सेवा र त्यसमा अपनाइने सतर्कता पूर्णरुपमा पालना गरी सरकारले तोकेको मितिबाट सम्पूर्ण सेवा शुरु गरेको बताउनु भयो ।


पोखरामा अलपत्र परेका तथा पोखरामा बसोवास गर्ने विदेशी तथा नेपालीहरुलाई सरकारले अनुमति दिएमा मोबाइल एप निर्माण गरेर ग्राहकको अर्डरअनुसार घरमै खाजा तथा खाना पुराउने सुविधा सञ्चालनमा ल्याउने एप निर्माण भैसकेको तर सरकारको अनुमति पर्खीरहेको संचालक घिसिङ्गले बताउनु भयो ।

लकडाउन खुल्छ कि भनेर पर्खिएका थियौं, तर लकडाउनको मोडेल मात्रै परिर्वतन भयो व्यवसाय चलाउने नयाँ उपाय खोज्दै गर्दा फोनमार्फत होम डेलिभरी सुविधा दिँदा धेरैबेर बोलेर ग्राहकलाई सेवाबारे जानकारी दिनुपर्ने र समय बढी प्रयोग हुने भएपछि सहजताका लागि एप निर्माण गरिएको लकडाउन लगत्तै यो तरिका सोचेको भए पनि डेलिभरी सुविधाको लागी सरकारले अनुमती नदीएको कारण सेवा उपलब्ध गराउन नसकिएको उहाँले गुनासो गर्नु भयो ।

उक्त एपमा अर्डर गरेको खाजा तथा खाना कति समयमा तयार भएर घरमा आइपुग्छ भन्ने जानकारी ग्राहकले पाउने र डेलिभरी गर्नुपर्ने स्थानबारे समेत एपमा नै बताउन सकिने सुविधा छ ।

सरकारले चाडो भन्दा चाडो होम डेलीभरीको अनुमिति दिएमा अम्ब्रेला क्याफेबाट ग्राहकले ८० प्रतिशत परिकार अर्डरअनुसार घरमै पाउने सुविधा हुनेछ । अहिलेको स्थितिले बैंकको ऋण तिर्न र कर्मचारीलाई तलब तथा घरभाडा दिन समस्या भएको घिसिङ्गले सुनाउनु भयो ।

यसरी अन्लाईन बाट खाजा नास्ता अडर गर्न मील्ने एप्स Smtech Technology  ले नीर्माण गरेको हो ।

लकडाउन सुरु भए पनि कुनै पनि कर्मचारी घर जान सकेनन् उनीहरूको खाना, बस्नको व्यवस्था गर्नु पर्ने तर यो माहामारीको कारण व्यावसाय ठप्प भएका कारण धेरै गाह्रो भए पनि आउँदा दिनमा पर्यटक आगमन सँगै फेरी व्यवसाय फस्टाउने कुरामा आफु पूर्ण आशाबादी भएको र आफुले पर्यटक आगमनको लागी नयाँ नयाँ प्रोजेक्टहरु निमार्ण गर्दै गरेको बताउनु भयो ।

अम्ब्रेला क्याफेले विगत एक दशक देखि शाकाहारी खाना (विशेष गरी भेगन) खाना उपलब्ध गराउँदै आएको र यस्तो महामारीको बेला विश्व स्वास्थ्य संगठनले समेत शाकाहारी खानामा बढी प्राथमिकता राखेको अवस्थामा यस्तो खाना पाउने क्याफे (रेष्टुरेण्ट) पोखरामा नमुनाका रुपमा देखिने बुझिन्छ बिशेष गरी यो क्याफेमा (होम प्रोडक्ट) जस्तै टोफु, स्वाथ्य बर्दक पेय पदार्थ, जमराको जुस, मैदा जन्य बस्तु कम भएको खाना पाईन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*