October 24, 2021

लकडाउन खुकुलो पसल खोल्ने दिने : यी हुन् सरकारका निर्णयहरु

जेष्ठ २८ काठमाडौ: सरकारले भोलिबाट सबै पसल खोल्न दिने भएको छ । आज साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । लकडाउनलाई सहजीकरण बनाउन भन्दै सरकारले यस्तो निर्णय गरेको हो । यस्तै, सवारी साधनपनि जोर र विजोर प्रणालीमा चलाउन दिने भएको छ ।

सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरेको छ।बुधबार बेलुका बसेको मन्त्रिपरिषद्ले बिहीबारदेखि लागु हुनेगरी मोटरसाइकलमा एक जनामात्र चढ्ने, नीजि कारहरुमा चालकबाहेक दुईजना यात्रा गर्नेगरी चलाउन सबैलाई खुलाा गर्ने निर्णय गरेको हो।

रेष्टुरेन्टहरुमा टेक अवे सर्भिस (खाना लैजाने मात्र) खुला गर्ने भएको छ।

त्यसैगरी सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ।

तर, शहर प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय समेत गरिएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*